बद्री पन्त
जाजरकोट १०, चैत
जाजरकोटको बारेकोट गाउँपालिकाले ९ वटै वडाका ९ स्थानमा हेलिप्याड निर्माण गरेको छ । विपद् व्यवस्थापन र उद्धदारमा सहजता ल्याउन गाउँपालिकाले साना ठुलो हेलिकप्टर समेत अतरण गराउन सक्ने गरी हेलिप्याड निर्माण गरेको गाउँपालिका अध्यक्ष महेन्द्रबहादुर शाहले बताउनु भएको छ ।
भौगोलिक विकट्टा तथा मोटर वाटो नजोडिएको बारेकोटमा विपद् तथा उद्धदार कार्यमा सहजता ल्याउन गाउँपालिकाले पहिलो चरणमै हेलिप्याडलाई प्राथमिकता दिएको अध्यक्ष शाहले बताउनु भयो । सार्वजनिक चौर व्यवस्थापन गरी बनाइएका हेलिप्याडमा १८ लाख वजेट खर्च भएको गाउँपालिकाले जनाएको छ ।