बद्री पन्त
जाजरकोट ११, चैत ।
जाजरकोटमा एसईई परीक्षामा छात्रभन्दा छात्रा बढी सहभागी भएका छन । यसपालि ४ हजार ३ सय परीक्षार्थीमध्ये २ हजार २ सय ५० छात्रा छन । २ हजार ५० जना छात्र परीक्षामा सामेल भएको जाजरकोटका शिक्षा विकास तथा समन्वय एकाइ प्रमुख सुधीनराज बुढाथोकीले जानकारी दिनु भयो ।
जसमा ३ सय ९ जनाले ग्रेड बृद्धिका लागि परीक्षा दिइरहेका छन । भने खुल्ला तर्फ १८ जना, प्राविधीक धारतर्फ ५२ जना र ३ जना दृष्टि विहिनले पनि एसईई परीक्षामा सहभागि भएका एकाइ प्रमुख बुढाथोकीले बताउनु भयो । जिल्लामा १८ परीक्षा केन्द्र र एउटा एक्जाम्टेट एक परीक्षा केन्द्र तोकिएका छन् । जिल्लामा दोस्रो दिन नेपाली विषयको परीक्षा शान्तिपुर्ण रुपले समपन्न भएको छ ।