रोकायगाउँमा खानेपानी अभाव

बद्री पन्त
जाजरकोट २०, चैत ।
जाजरकोटको बारेकोट गाउँपालिका २ रोकायगाउँमा खाने पानीको अभाव भएको छ । स्थानीय बासिन्दा शुद्ध पिउने पानीको सुबिधाबाट बन्चित भएका छन् । गाउँका ३ सय घरपरिवारले दुषित पानी प्रयोग गर्दै आएका छन भने विद्यालयमा पनि शुद्ध पानीको अभाव छ ।
गाउँको बस्ती नजिक खानेपानीको श्रोत तथा मुहान नहुदा बारेकोट गाउँपालिका २ को रोकायगाउँ, विउरी, मुग्रेगाउँ, गैरागाउँ, अएर्ण, भुरारा, ढाडदारा, लिम्सा, बुढागाउँ लगाएत स्थानका वासीन्दा खाने पानीको अभावबाट पिडित भएका छन । यहाँका ३ सय घरपरिवार शुद्ध पिउने पानीको सुविधाबाट बन्चीत भएका छन् । गाउँमा बषौंदेखि खानेको समस्या रहेको २ का वडा अध्यक्ष कर्णे कामीले बताए ।
एक गाग्री पानी लिन २÷३ घण्टा पालो कुरेर बस्नुपर्ने स्थानीय महिलाको दैनिकी नै बनेको छ । स्थानीयले नाउला कुवामा संकलन भएको धमिलो पानीेको भर पर्नु परेको । यहाँका बासिन्दा र उनीहरुले पालेका पशु चौपायाले पिउने पानी पनि कुवा कै विकल्पको रुपमा रहेको छ । घरमा अन्य समस्या भन्दा पनि पानी कहाँबाट ल्याउने भन्ने चिन्ताले बढी सताएको स्थानीयको भनाइ छ ।
महिला र बालवालिकालाई दैनिक पानी ओसार्नमै समय वित्ने गरेको छ । एक गाग्री पानीका लागी पालो कुरेर बस्नु पर्ने बाध्यता रहेको स्थानीय सावित्रा विकले बताइन ।


बस्ती नजिक पानीको समेत श्रोत छैनन् । गाउभरका पशुचौपायाले खाने र मान्छेले खाने पानी एउटै कुवा नै हो । बर्षात भए आकाशे पानी संकलन गरेर पानी पिउने त्यहाँका बासिन्दाको दैनिकी नै हो । खानेपानी अभावमा दैनिक सरसफाई लगाएत कार्य गर्न समस्या छ । अन्य ठाउमा पानीको मुल छैन । पशु वस्तुले पनि नाउलाकौ पानी खान्छन, मान्छेले त्यही खान्छन । गाउमा लामो समय देखि खानेको समस्या रहेको र यसका लागि कतैबाट पहल हुन सकेको छैन । गाउँ नजिकैको जनता आधारभुत विद्यालयमा पनि शुद्ध पिउनेपानीको अभाव भएको विद्यालयका प्रधानाध्यापक धनबहादुर नेपालीले बताए ।
३ हजार मीटरको उचाईंमा रहेको यो गाउँमा पिउने पानीको अभाव छ । जस्का कारण स्थानीयलाई चर्पीको प्रयोग तथा सरसफाई गर्न समस्या भएको छ । शुद्ध पिउने पानी अभावमा स्थानीय बासिन्दा झाडापखाला, आउ, जुका लगाएत रोगबाट पिडित छन ।
२०६६ सालको झाडापखालामा रोकायगाउँका १ दर्जन बढीले ज्यान गुमाएका थिए । जलवायु परिवर्तन, बढ्दो वन विनास, बाढी पहिरो, सुख्खा खडेरी लगाएत कारणले जिल्लामा खानेपानीको समस्या बढ्दै गएको बताएको छ । उता गाउँपालिकाले रोकायगाउँको खानेपानी समस्या समाधान गर्न बृहत खानेपानी योजनाको प्रक्रीया अगाडि बढाएको गाउँपालिका अध्यक्ष महेन्द्रबहादुर शाहले बताए ।

प्रकाशित मितिः २० चैत्र २०७५, बुधबार ०५:३४

Leave a Reply

Your email address will not be published. Required fields are marked *