९ महिनापछि झुम्राखोला पुल

बद्री पन्त
जाजरकोट २०, चैत ।
गत साउन २९ गतेको बाढीले बगाएको जाजरकोटको नलगाड नगरपालिका २ र ५ जोड्ने कालिमाटी स्थित झुमराखोला ट्रष्टबृज पुल निर्माण भएको छ । ९ महिना पछि नगरपालिकाले १२ लाख रकम खर्च गरेर सो पुल निर्माण गरेको हो ।
बाढीले पुल बगाएपछि नलगाड नगरपालिका र बारेकोट गाउँपालिकाका स्थानीयलाई सदरमुकाम खलंगा आवात–जावतमा कठिन भएको थियो । पुल बनेपछि स्थानीय तथा विद्यालय जाने बालबालिकाहरुलाई सहज भएको नगर प्रमुख टेकबहादुर रावलले बताउनु भएको छ ।
गत साउन २८, २९ र ३० को बाढीले मिल, घट्ट, जघु जलविद्युत आयोजनाका पावर हाउस, ट्रष्टवृज, घर, खेतीयोग्य जमिन, पशुचौपाय गरि झण्डै डेढ करोडको क्षेती गरेको नगरपालिकाले जनाएको छ ।

प्रकाशित मितिः २० चैत्र २०७५, बुधबार ०५:३७

Leave a Reply

Your email address will not be published. Required fields are marked *