जीप दुर्घटना बालकको मृत्यु

बद्री पन्त
जाजरकोट २६, चैत ।
जाजरकोट डोल्पा सडकको दल्ली तल्लुबगर स्थित नलगाड नगरपालिका १० को दारीमपाटामा जीप दुर्घटना हुदा एक बालकको मृत्यु भएको छ । दुर्घटनामा परी ६ जना घाईते भएका छन् ।
तल्लुबगरबाट जाजरकोट सदरमुकाम खलंगा तर्फ आउदै गरेको ग १ ज ५८१२ नम्बरको जीप सडकबाट ४० मीटर तल भेरी नदी किनाराको बगरमा खसेको थियो ।
दुर्घटनामा परी आठवीसकोट नगरपालिका ११ का ४ बर्षिय बालक विवेक नेपालीको मृत्यु भएको छ । चालक राजेन्द्र विक र नलगाड नगरपालिका ११ का २२ बर्षिय तेजबहादुर विकको अबस्था गंभीर रहेकोे जाजरकोटका प्रहरी नायव उपरिक्षक श्यामबहादुर खत्रीले बताउनु भएको छ ।
घाईते आठवीसको नगरपालिका ११ की २१ बर्षिया लक्ष्मी नेपाली, नलगाड ११ का १७ बर्षिय दुर्गेश बाँनीया, १७ बर्षिया खीमा बाँनीया, नलगाड १ का भरत परियार सामान्य घाइते भएका र उनीहरुको प्राथामिक स्वास्थ्य केन्द्र दल्लीमा उपचार भई रहेको उपरिक्षक खत्रीले बताउनु भयो ।
गंभीर घाईते ६ जनालाई थप उपचारको लागि जाजरकोट अस्पताल रिफर गरीएको छ ।
उक्त जीपमा ७ जना यात्रु रहेको कच्ची सडकमा तीव्र गतीका कारण दुर्घटना भएको जाजरकोट प्रहरीले जनाएको छ ।

प्रकाशित मितिः २६ चैत्र २०७५, मंगलवार १९:२२

Leave a Reply

Your email address will not be published. Required fields are marked *