बद्री पन्त
जाजरकोट २६,चैत
जाजरकोटको नलगाड नगरपालिकाको विभिन्न स्थानमा सोमबार राती लागेको हावाहुरीले दर्जन घर र केही विद्यालयका छाना उडाएको छ । खर तथा जस्ता पाताले छाएको छाना उडाएको हो ।
हावाहुरीले नलगाड ४ भेरीखर्कका स्थानीय तिलबहादुर वली, टिकाराम बस्नेत, अर्जुन वलीको घरको छाना मात्र उडाएन घरका बान्डो भक्तकाएर क्षेती गरेको नगर प्रमुख टेकबहादुर रावलले जानकारी दिए ।
त्यसैगरी ६ को थाप्लामा रहेको निर्मल ज्योती आधारभुत विद्यालयको २ वटा भवनको जस्तापाता उडाएको पनि उनले बताए । नगरपालिको विभिन्न स्थानमा हावाहुरीले क्षेती पुर्याएको छ । कहाँ कति क्षेती गरेको छ भन्ने बारेमा विवरण संकलनको काम भई रहेको नगर प्रमुख रावलले बताए ।