वडासभापतिमा जनक रावल निर्वाचित

जाजरकोट, १४ जेठ ।
जाजरकोटको नलगाड नगरपालिका -४ लहँको नेपाली काँग्रेसको वडासभापतिमा युवा नेता जनक रावल चयन भएका छन् । उपसभापतिमा दलबहादुर खत्री र जनकप्रसाद शर्मा, सविचमा मकरबहादुर रावल, सहसचिवमा रिमा विक र कोषाध्यक्षमा तारा बोहरा रहेका छन् ।


१५ सदसिय कार्यसमितिको सदस्यमा जनार्जन रावल, तिलबहादुर ओली, जयबहादुर थापा, मन्दरी रावल, गीता मल्ल, निर्मला रावल, केशवबहादुर रावल, सरिता खत्री र उर्मिला सिंह रावल रहेका छन् । नवनिर्वाचित वडासभापति रावलले पार्टीलाई नयाँ गतिमा अघि बढाउने प्रतिवद्धता व्यक्त गरेका छन् ।

प्रकाशित मितिः १४ जेष्ठ २०७६, मंगलवार ०८:२५

Leave a Reply

Your email address will not be published. Required fields are marked *