बद्री पन्त
जाजरकोट २१, जेठ ।
जाजरकोट सदरमुकाम सदरमुकाम खलंगा देखि २० कोष उत्तरपुर्वी क्षेत्रमा रहेको बारेकोट गाउँपालिका जोड्ने सडकको ट्रयाक खोल्ने कार्य पुरा भएको छ । जिरो पान्ट ध्यापाटाकुरा देखि गाउँपालिका केन्द्र लिम्सा सम्मको १३ किलोमिटर सडक मध्य साढे ११ किलोमिटर सडकको ट्रयाक खोल्ने कार्य पुरा भएको हो ।
यो जिल्लाकै अति दुर्गम गाउँपालिका हो । यसमा साविकका रामीडाँडा, रोकायगाउँ, नायकवाडा र सक्ला गाउँविकास समितिलाई समेटेर गाउँपालिका बनाईएको हो । यहाँका स्थानीयबासी २ दिन पैदल हिडेर सदरमुकाम खंलगा पुग्छन भने दैनिक उपभोग्य बस्तुको डुवानी मान्छे, घोडा खच्चडबाट गरिन्छ । यहाँका नागरीकले भोगेको दुःख पिडा विस्तारै हराउदै जाने गाउँपालिकाका अध्यक्ष महेन्द्रबहादुर शाहले बताउनु भयो । सडकको विभिन्न स्थानमा रहेका कडा चट्टान तथा भीर कटिङ्ग गर्ने काम पुरा भएको छ । लिम्साको खोला देखि लिम्सासम्मको ट्रयाकको काम भइरहेको हुदा जेठ मसान्तसम्म काम पुरा हुने अध्यक्ष शाहको भनाइ छ । अब साँघुरो स्थानमा सडक चौडा बनाउने काम अगाडि बड्ने शाहको भनाइ छ ।
बारेकोट बाँसीहरुको एउटै मात्र सपना हो गाडी चढ्ने र घरआँगनमै सडक आएको हेर्न पाउँनु । अब त्यो सपना पुरा हुने भएको छ स्थानीले लोकेन्द्र गौतमले बताउनु भयो । सडक निर्माण भएपछि निर्माण सामग्री , दैनिक उपभोग्य बस्तु ढुवानी गर्न तथा स्थानीलाई सहज रुपमा आवतजावत गर्न सजिलो भएको गौतमको भनाइ छ । मोटर चड्ने जनताको सपना पुरा हुने भयो गौतमको भनाइ छ । सेपुखोला पारीपट्टी रहेको भिर, दिपेन्द्र मावि आगाडिको भिर, काउँलीबजार वारीको भिर फोड्ने काम सम्पन्न भएको ९ का वडा अध्यक्ष शसीराम गौतमले बताउनु भयो । युद्ध स्थरमा काम अगाडि वढेपछि लिम्साको ट्रयाक ओपन गरेर मोटर पुर्याउने लक्ष्य रहेको छ गौतमले बताउनु भयो । बारेकोटबाट २÷३ दिन पैदल हिडेर खलंगा , सुर्खेत नेपालगन्ज मोटर भेटाउनु पर्ने वाध्यताको अन्त्य हुने भएको हो । अहिले आफनै घर आँगनवाट गाडी चढेर सदरमुकाम खलंगा र सुर्खेत नेपालगन्ज जाने दिन आउँदा सबैको मन रमाउने गरेको बारेकोट गाउँपालिका वडा नं. ८ का वडा अध्यक्ष लालभक्त सिंहले बताउनु भयो । गाउँमा सडक पुगेपछि गाडी चढेर यात्रा गर्न पाउने भएपछि बारेकोट बासी हर्षित छन सिंहले भन्नु भयो । ध्यापाटाकुरा देखि सिर्के र अधेरीखोला देखि सेपुखोलासम्मको सडक निर्माणको काम सकिएको छ भने, लिम्सा र काउलि देखि धुमासम्म सडक निर्माणको काम निरन्तर चलिरहेको छ । भौगोलिक विकटता र आर्थिक विपन्नता धेरै भएको बारेकोटका वस्तीहरु क्रमश सडक संजालमा जोडिदै गएपछि स्थानीय सर्वसाधारणहरुले पनि परिवर्तनको अनुभुति गर्न थालेका छन् ।
विकासमा विकटता मात्र होइन स्थानीय कृषि उत्पादनमा राम्रो सम्भावना वोकेको बारेकोट गाउँपालिकाका स्थानीयहरु सडकवाट आसावादी हँुदै गएका विरेन्द्र ऐश्र्य मावि लिम्साका प्रधानाध्यापक गोरखबहादुर सिंहले बताउनु भयो । बारेकोटी गाभा, अधुवा, टिमुर, ओखर, बोझो, कोदो र अलैचीको उर्वर भुमि रहेको बारेकोटका वस्तीहरुमा सडकको पहँुच पुगेपछि स्थानीय उत्पादन तर्फ आकर्षण वढ्ने सिंहको भनाइ छ । बारेकोटेका ग्रामीण वस्ती र खेतवारीहरुमा सडक सन्जालले ठुलो सहयोग गर्ने सम्भावना रहेको छ प्रअ सिंहले बताउनु भयो । जिल्लाको सवै भन्दा दुर्गम र विकट गाउँपालिकाको रुपमा रहेको बारेकोटका विकट र ग्रामीण वस्तीहरुमा सडक पहुँच पुगेपछि सर्वसाधारणहरु कृषि उत्पादन र व्यावसाय तर्फ उन्मुख हुने उपाध्यक्ष ओमा शाहीले बताउनु भयो । पहिलेको र अहिलेको दैनिकी निकै फरक भएको र बारेकोटको विकटता सडकले हटाउदै गएको छ शाहीले भन्नु भयो ।
गाउँपालिकाबाट सडकमा ६ करोड वजेट खर्च भएको जनाएको छ । वडा नम्बर ८ सेपुखोला, ९ को सक्ला र ६ को घर्तीगाउँ वडा कार्यालयमा सडक पुगि सकेको र बाँकी रहेका वडाहरुमा १ बर्ष भित्रै सडक पुर्याउने अध्यक्ष शाहले बताउनु भयो । सडक निर्माणमा वजेट अभाव नहुने शाहले बताउनु भयो । बारेकोटबासी सवैले सडक विस्तारले दैनिकी फेरिएको महसुस गरेका छन् । सडक निर्माण भएपछि सेपुखोला देखि काउँली बजारसम्म दैनिक उपभोग्य सामग्री ढुवानी गर्न निकै सजिलो भएको बारेकोट ६ करुकाका वीरेन्द्र थापाले बताउनु भयो । पहिले मान्छे हिड्नलाई साघुरो बाटो थियो, सामान ओसार पसार गर्न आफ्ठेरो हुन्थ्यो अहिले गाउँपालिले मोटरबाटो निर्माण गर्यो जनतालाई धेरै सहज भएको छ, थापाले भन्नु भयो । बारेकोटबासीको सडक सपना पुरा हुदै छ यसैमा हामीले गर्भ गर्नु पर्छ थापाले बताउनु भयो ।