लेक लागेर भीमबहादुरको मृत्यु

जाजरकोट, २४ जेठ ।
यार्सा टिप्न डोल्पाको ताक्सी पाटन गएका एक जना विद्यार्थीको मृत्यु भएको छ । दुई दिन अघि लेक लागेर जाजरकोटको बीरेन्द्र हिमालय माध्यामिक विद्यालय तल्लुमा ९ कक्षामा अध्ययतरत विद्यार्थी भीमबहादुर बस्नेतको मृत्यु भएको आफन्तले जनाएका छन् । नलगाड नगरपालिका -१२, तल्लु घर भएका १७ बर्षीय उनी यही जेठ १४ गते यार्सा टिप्न त्यहाँ पुगेका थिए ।
यार्सा टिप्ने क्रममा विरामी परेका उनलाई उपचारको लागि धो स्वास्थ्य चौकी ल्याउदै गर्दा बाटोमै ज्यान गएको उनका दाई अमर बस्नेतले बताए ।
कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार यसपाली यार्सा संकलन गर्न पाटन गएका ९ जनाले ज्यान गुमाएका छन् । भने एक जना हराई रहेका छन् । डोल्पाका पाटनमा यही जेठ १३ गतेबाट खुला गरिएको यार्सा संकलन आउदो असार २५ गतेसम्म खुला हुन्छ ।

प्रकाशित मितिः २५ जेष्ठ २०७६, शनिबार १३:२२

Leave a Reply

Your email address will not be published. Required fields are marked *