भीरबाट लडेर तीन जनाको मृत्यु

बद्री पन्त
जाजरकोट २७, जेठ ।
जाजरकोटमा भीरबाट लडेर तीन जनाको मृत्यु भएको छ । बन लसुन खोज्न जंगल गएका दुई सहित तीन जनाको भीरबाट लडेर मृत्यु भएको हो ।
बन लसुन खोज्न जंगल गएका बारेकोट–५ तोलखानाका १६ बर्षिय भीमराज शाही र १७ बर्षिय नवराज सिंहको मृत्यु भएको हो । त्यस्तै घर निर्माणका लागी जंगलमा काठ काट्न गएका बारेकोट ५, करुकागाउँका ४० बर्षिय पृथीबहादुर बस्नेतको भीरबाट लडेर मृत्यु भएको हो ।
बारेकोट–४ स्थित कराईचुला लेकमा पुगेका भिरालो जमिनमा लसुन खन्ने क्रममा चिप्लिएर भीरबाट खस्दा उनीहरुको घटना स्थलमै मृत्यु भएको बारेकोट गाँउपालिकाका अध्यक्ष महेन्द्रबहादुर शाहले बताउनु भयो । भीमराज स्थानिय विरेन्द्र मावि लिम्सामा ९ कक्षामा अध्ययनरत छात्र हुन ।
नवराजले सोही विद्यालयबाट यसै बर्ष एसईई परीक्षा दिएका छात्र हुन् । बारेकोटको लेकाली जंगलमा पाईने बन लसुन एक प्रकारको जडिबुटी हो । जंगलमा संकलन गरेको लसुन विक्रि गरेर राम्रो आम्दानी हुने भएपछि बारेकोटका स्थानिय जोखिम मोलेर लेकतिर जाने गरेको अध्यक्ष शाहले बताउनु भयो ।
बन लसुन प्रतिकेजीको ३२ हजार रुपैयाका दरले विक्री हुने गरेको छ । निकै महँगोमा विक्री हुने भएकोले बन लसुन संकलन तर्फ स्थानियको आकर्षण बढेको अध्यक्ष शाहको भनाई छ । बारेकोट गाँउपालिकामा एक सातामा भीरबाट लडेर ४ जना र दुुई जना यार्सा संकलनको क्रममा लेक लागेर मृत्यु भएको गाँउपालिकाले जनाएको छ ।

प्रकाशित मितिः २७ जेष्ठ २०७६, सोमबार २१:५६

Leave a Reply

Your email address will not be published. Required fields are marked *