ओझेलमा झरना

बद्री पन्त
जाजरकोट १२, असार ।
जाजरकोटको भेरी नगरपालिका १ मा रहेको बुद्धी झरणा ओझेलमा परेको छ । आवश्यक प्रचार–प्रसारको अभावले झरना ओझेलमा परेको हो ।
समृद्धीको मुख्य आधार पर्यटन विकासलाई लिने गरिएको छ तर, आन्तरिक तथा बाह्य पर्यटकहरुलाई आकर्षित गर्न सक्ने आकर्षक भेरी नगरपालिका–१ मा रहेको बुद्धी झरणाको प्रचार–प्रसार भने हुन सकिरहेको छैन ।
पिपेखोलाबाट ४ किलोमिटरको दुरीमा रहेको यस बुद्धी झरणालाई बुद्या लोटेको छहराका नामबाट स्थानीयहरुले चिन्ने गरेका छन् । पिपेखोलाको किनार–किनारै हुदै पुग्न सकिने बुद्धी झरण उब्ज्या लेकको फेदिमा रहेको छ ।


बाह्रै महिना छङ–छङ गरि बग्ने झरणाको पानीबाट बैसाख जेठ महिनामा घट्ट चलाउने गरिएको छ । झण्डै डेढ सय मिटर भन्दा अग्लो झरणाको फेदीमा पुगेपछि एसी जडान गरिएको कोठाले दिने जस्तै सितलता प्राप्त हुने गर्दछ ।
उक्त झरणासंगको साक्षत्कारबाट पैसाले किन्न नसकिने प्रकृतिक अनुपम सुन्दरताहरु देख्न सकिने वडा अध्यक्ष दिपक रानाले बताउनु भयो । झरणा जस्तै उचाई भएका झरणा जाजरकोट जिल्लाका ७७ वटै वडामा नभएको रानाले बताउनु भयो ।
यस झरणालाई पर्यटकीय क्षेत्र बनाउन सरकारले ध्यान दिनुपर्ने रानाको भनाई छ । पर्यटन, उर्जा, कृषि, जडिवुटी, सडक, शिक्षा समृद्धीका आधार क्षेत्र भएको बताउदै अध्यक्ष रानाले बुद्धी झरणालाई पर्यटकीय स्थलमा विकास गर्न स्थानीय सरकार लागि परेको बताउनु भयो ।
बुद्धी भरणालाई पर्यटकीय स्थल बनाउन सकिएमा जिल्ला सदरमुकाम खलंगाबाट रमाइलो सनिबार मनाउनलाई सल्यानको कुपिण्डेदह, रुकुमको स्यार्पु ताल, कमल ताल जस्ता ठाउँमा जानुपर्ने अबस्था नरहने अध्यक्ष रानाको भनाई रहेको छ ।
रमाईलो सनिबार मनाउनलाई अहिले पनि महङ्गो भाडा तिरेर सल्यान तथा रुकुम जानु भन्दा पनि सदरमुकामसंगै जोडिएको बुद्धी झरणामा पुगेर मनोरञ्जन गरेर आनन्द लिनु पर्ने देखिन्छ ।

प्रकाशित मितिः १२ असार २०७६, बिहीबार १४:२०

Leave a Reply

Your email address will not be published. Required fields are marked *