गौतमको पहलमा काठमाडौमा पढ्दै अनाथ दाजुभाई

जाजरकोट, १९ असार ।
युवा नेता लोकेन्द्र गौतमले वुवाआमा गुमाएका बारेकोट गाउँपालिकाका दाजुभाईलाई पढ्ने व्यवस्था मिलाएका छन् । अभिभावक गुमाएका बारेकोट -९ ,का ८ बर्षिय हरिश र उनका दाजु १३ बर्षका कमल खड्कालाई उनको पहलमा ललितपुरमा रहेको साथी संस्थाले पढाउने जिम्मा लिएको छ ।
बुवा रणबहादुर र आमा देबिसराको मृत्युपछि यी दाजुभाईको हेरचाह गर्ने घरमा कोही नभएकोले उनीहरुलाई पढन लेख्न, खानावस्न समस्या भएको थियो ।


बिहिवार उनीहरुलाई साथी संस्थाका प्रमुख कविता पन्तको जिम्मा लगाइएको समाजसेवी गौतमले बताए । साथी संस्थाले स्नातक तहसम्म पढाउने गरी जिम्मा लिएको उनले बताए ।
करिव ६ महिनाको अथक प्रयासपछि आफ्नो पहल सार्थक भएकोमा उनले खुशी व्यक्त गदै उनीहरुको उज्वल भविस्यको कामना गरेका छन् ।
आफ्नौ खर्चमा उनीहरुलाई बारेकोटबाट काठमाडौ लिएको भन्दै युवा संघ नेपाल कर्णाली प्रदेश कमिटीका सदस्य समेत रहेका गौतमले उक्त काममा जिल्ला प्रसाशन जाजरकोट, समाजसेवी नवराज सिंह, झरण बम झलक बुढालगायतले सघाएको बताए ।

प्रकाशित मितिः १९ असार २०७६, बिहीबार २२:०५

Leave a Reply

Your email address will not be published. Required fields are marked *