जंगल संरक्षण भए, वन्यजन्तु संरक्षित

बद्री पन्त
जाजरकोट २१, असार
वन जंगल संरक्षण भएमा मात्र वन्यजन्तुको संरक्षित हुने एक कार्यक्रमका सहभागिले बताएका छन् । मानव वन्यजन्तु द्धुन्द व्यवस्थापन तथा वन्यजन्तु संरक्षण सम्वन्धी अन्तरक्रिया कार्यक्रमका सहभागिले यस्तो कुरा बताएका हुन ।
नेपाल पत्रकार महाँसंघ जाजरकोटका अध्यक्ष भीमबहादुर सिंहले वन्यजन्तु संरक्षणमा स्थानीय सरकारले व्यवास्था गरेको धारणा राख्नु भयो । जाजरकोटलाई चिनाउने दुर्लभ रेडपाण्डा, चिरकालिज, सुनगिद्ध, कस्तुरी लगाएत वन्यजन्तु तथा पन्छी संकटमा परेको सिंहको भनाइ छ ।


२० बर्ष अघि जाजरकोटमा बाघ सजिलै पाउने गरेको भन्दै अहिले लोप भएर गएको बताउनु भयो । यसका लागि जिल्ला वन तथा स्थानीय तहले विशेष पहल चाल्नुपर्ने अध्यक्ष सिंहको भनाई छ । यसैगरी भेरी नगरपालिकाका उप प्रमुख भावना भण्डारीले वन्यजन्तु संरक्षणमा जोड दिन जन चेतना जगाउनु पर्ने बताउनु भयो ।
यसका लागि पत्रकारले कलम चलाउनु पर्ने भण्डारीको भनाइ छ । जिल्ला समन्वय समितिका उप प्रमुख ज्ञानीप्रसाद शर्माले विभिन्न प्रयोजनका लागि भन्दै अतिक्रमण गरिरहँदा वन क्षेत्र घटदै गएको बताउनु भयो ।


वातावरणीय असर प्रभाव मूल्यांकन विनै वन क्षेत्रमा जथाभावी सडक खनिँदा सयौं हेक्टर वन मासिएको बताउनु भयो । संरक्षणभन्दा बढी उपयोग गर्ने प्रवृत्तिका कारण वन जंगलमा समस्या सृजना भएको भन्दै सर्वसारधणले आर्थिक उर्पाजनको माध्यम बनाउँदा वन मासिने क्रम छढ्दैछ । त्यसैमा स्थानीय तहले विकासका नाममा वन क्षेत्रमा भौतिक संरचना बनाउँदा वन क्षेत्र घटदै गएको धारणा राख्नु भयो । जिल्लामा खोटे सल्लोको रुख मासिदै गएकोमा चिन्ता व्यक्त गर्दै शर्माले यसलाई तत्काल रोकथाम गर्नु पर्ने बताउनु भयो ।
कार्यक्रम धारणा राख्दै निमित्त प्रमुख जिल्ला अधिकारी बिष्णु साहनीले वन क्षेत्र जोगाउन सबैले चासो दिनु पर्न भन्नु भयो । यसैमा वनमा पाइने वन्यजन्तु संरक्षण जोड दिनु पर्ने बताउदै चोरी शिकार नियन्त्रण गर्न स्थानीय नागरीक आफै सचेत हुनुपर्ने बताउनु भयो । प्रहरी निरीक्षक लोकबहादुर विष्टले वन्यजन्तु तस्करीमा संलग्नलाई कानुनको दायरामा ल्याएर कडाकारबाही थालिने बताउनु भयो ।


डिभिजन वन अधिकृत महेश कुमाईले वन्यजन्तु संरक्षणको पहल भइरहेको बताउनु भयो । पछिल्लो समय सामुदायिक वन समूहले पनि वन क्षेत्र जोगाउन खासै सक्रियता नदेखाएको बताउनु भयो सामुदायिक वन उपभोक्ता समूह सक्रिय नहुँदा पूर्णरूपले अतिक्रण्मा रोक्न सकिँदैन भने उपभोक्ता नै वन अतिक्रमणमा लागेकाले रोक्न समस्या बताउनु भयो ।
धेरै पहिले वन मन्त्रालयले ५ वर्ष्भित्र अतिक्रमण निर्मूल पार्ने निर्देशन जारी गरेको बताउनु भयो । स्थानीयबासी आफै जागरुप भए वन संरक्षण तथा वन्यजन्तु संरक्षण टेवा पुग्ने धारणा राख्नु भयो । जाजरकोट जिल्लामा कति वन क्षेत्र अतिक्रमण भएको छ भन्ने बारेमा यकिन तथ्याङक नरहेको बताउनु भयो ।
तराइ क्षेत्रमा वन्यजन्तुबाट मान्छेको ज्यान गएमा ५० हजार देखि १ लाखसम्म क्षेतीपुर्ती पाउने व्यवस्था हुन्छ । जाजरकोटमा पनि त्यस्ता घटना घटेमा वन कार्यालय जनाकारी दिएमा राहतको व्यवस्था गर्ने कुमाईको भनाई छ । यसैगरी डिभिजन वन कार्यालयबाट स्वस्थ्थ वातावरण हरियाली कार्यक्रम भन्ने मुल नारा अन्तर्गत भेरी नगरपालिकालाई ३० वटा फोहर मलाई भन्ने डस्वीन बाल्टीन उपलब्ध गराएको छ ।

प्रकाशित मितिः २१ असार २०७६, शनिबार २२:०५

Leave a Reply

Your email address will not be published. Required fields are marked *