कुशेका सबै वडामा सडक सन्जाल

बद्री पन्त
जाजरकोट २३, असार ।
जुम्लाको सिमानास“ग जोडिएको जाजरकोटको दुर्गम कुशे गाउँपालिकाको केन्द भार्मा सडक सञ्जालमा जोडिए छ । सडक पुगेपछि स्थानीयले थाप्लोमा भारी बोकेर पैदल हिड्नु पर्ने दिनको अन्त्य भएको छ ।
समृद्धीको पहिलो आधार गाउँपालिकाले सडक निर्माण र बिस्तारलाई पहिलो प्राथमिकतामा राखेर काम गरेको हो । सडक सन्जाल जोडिए पछि यातायात सन्चालनमा आउनुको साथै दैनिक उपभोग्य बस्तु ढुवानीमा गर्न र स्थानीयलाई आउजाउ गर्न सहज भएको हो
गाउँपालिकाले अघिल्लो चालु आर्थिक बर्षमा ९ वडामा १२ वटा सडकको ट्रयाक ओपन गरेको थियो । गत बर्षसम्म कुशेको वडा ५ को केन्द्र मात्र सडक सञ्जालस“ग जोडिएको थियो । यस बर्ष १५ वटा सडक निर्माण भएपनि कुशेको सवै ठाउँमा सडक पुगेको हो ।


जाजरकोट–ब्युलीढुंगा जुम्ला सडकमा पर्ने पा“चकाटीया, दम्दाला, ढीमे, खुर्पा लगाएत गाउको मात्र सडक पहुच रहेकोमा यस बर्ष सबै वडा केन्द्रलाई सडक सञ्जालले जोडेको गाउँपालिका अध्यक्ष हरिचन्द्र बस्नेतले बताउनु भयो । पहिलो बर्ष सडकको नयाँ ट्रयाक ओपन गरेर सडक चौडा बनाउने, नाली, मेसिनरीवाल लगाएत काम गरेर १२ महिना सडक सन्चालनमा आउने बस्नेतले बताउनु भयो । सिमित श्रोत साधनले सडकको ट्रयाक ओपन गर्नु चानचुने कुरा नभएको अध्यक्ष बस्नेतको भनाई छ ।
जुम्ला जाजरकोट सडकलाई मुख्य आधार मानेर ग्रामीण सडक निर्माण भएका छन् । कुशे गाउपालिकामा पर्यटन प्रवद्र्धन तथा कृषि उपज, खनिज, जटीबुडी लगाएतलाई बजारीकरण गर्न पुर्वाधार निर्माण सडकलाई महत्व दिएको हो । कुशेबासी सडक विस्तारले दैनिकी फेरिएको महसुस गरेका छन् । सडक निर्माण भएपछि बजारबाट दैनिक उपभोग्य सामग्री ढुवानी गर्न निकै सजिलो भएको स्थानीयले बताएका छन । पहिले मान्छे हिड्नलाई साघुरो बाटो थियो, सामान ओसार पसार गर्न अफ्ठेरो हुन्थ्यो अहिले गाउँपालिले मोटरबाटो निर्माण गर्यो जनतालाई धेरै सहज भएको छ । कुशेबासीको सडक सपना पुरा भएको स्थानीय दलबहादुर थापाले बताउनु भएको छ ।
उत्पादन क्षेत्र, बाक्लो मानब बस्ती, पर्यटन क्षेत्र, ऐतिहासिक स्थल लगाएत स्थानसम्म छिटो भन्दा छिटो सडक खन्ने लक्ष्य अनुरुप गाउपापिलका अघिबढेको हो । कुशे सुन्तोला तथा आलु उत्पादन, काईनाइट, टुर्मालिन पत्थर लगाएत खनिज र सयांै प्ररकारका जडीबुटीले धनी गाउपालिका मानिन्छ ।


विकट गाउमा सडक पुगेपछि यहा“का बासिन्दाको बर्षौैंको थाप्लोमा भारी बोकेर पैदल हिड्नुपर्ने पिडा हटेको छ । कुशे ४ ताँगाचौरको रंगबहादुर कामीले पहिले हाम्रो बाउँबाजेका पालामादघर नजिकैका वाटोमा गाई भैसी कुदाउथे अहिले हाम्रा पालामा गाडी घोडा कुदाउन पाइने भयो यसैमा मलाई गर्भ लागेको छ, भन्नु भयो । पहिले नुन लिनलाई १ महिना हिडेर नेपालगंज जानु पथ्र्यो, अहिले घरैमा नुन आयो, हामीलाई यो भन्दा अरु केचाहियोर पश्न गर्नु भयो ।
सडक निर्माणस“गै दुर्गम क्षेत्रको कृषि उत्पादनले बजार पाउनुको साथै स्थानीय बासिन्दालाई दैनिक उपभोग्य बस्तु ओसारपसारमा सहज भएको छ । दुर्गम र विकट गाउँपालिकाको रुपमा रहेको कुशेका विकट र ग्रामीण वस्तीहरुमा सडक पहुँच पुगेपछि सर्वसाधारण कृषि उत्पादन र व्यावसाय तर्फ उन्मुख देखिएका छन ।
पहिलेको र अहिलेको दैनिकी निकै फरक भएको र कुशेको विकटता सडकले हटाउदै गएको छ । घर छेउमै सडक आएपछि स्थानीयले विस्तारै परिवर्तनको अनुभुती गर्न थालेका छन् । कुशे गाउँपालिकाले सडक विस्तारमा १० करोड बढी रकम खर्च गरेको जनाएको छ । स्थानीय खोलाहरुमा सडक पुल निर्माणको लागि संघीय तथा प्रदेश सरकारसंग वजेट माग गरेको गाउँपालिकाले जनाएको छ ।

प्रकाशित मितिः २३ असार २०७६, सोमबार ०८:०५

Leave a Reply

Your email address will not be published. Required fields are marked *