कृषकलाई ५० हजार फलफूलका बिरुवा

बद्री पन्त
जाजरकोट २४, असार
कृषि ज्ञान केन्द्र कार्यालय जाजरकोटले कृषकलाई फलफुलका विरुवा वितरण गरेको छ । फलफूल पकेट क्षेत्रको रुपमा विकास गर्नका लागि कार्यालयले विभिन्न जातका वर्षे फलफुलका ५० हजार विरुवा वितरण गरेको कृषि ज्ञान केन्द्र  जाजरकोटका प्रमुख चित्रबहादुर रोकायले बताउनु भयो ।


जिल्लालाई फलफुल पकेट खेतीका रुपमा विकास गर्नका लागि फलफूलका बिरुवा वितरण गरेको रोकायले बताउनु बताउनु भयो । कार्यालयले सुन्तला २१ हजार, कागती १५ हजार, टिमुर ५ हजार, आप ८ हजार, लिच्ची १ हजार, अनार १ हजार गरी ५० हजार विरुवा वितरण गरेको रोकायले बताउनु भयो ।
जिल्लाको ३ नगरपालिका तथा ४ गाउँपालिकामा फलफुल खेतीको राम्रो सम्भावना रहेको छ । जिल्लाको तल्लो भाग छेडाचौर देखि खगेनकोको दल्लीसम्ममा आप र लिच्ची, केरा, अनार, विचको भागमा कागती, सुन्तला, माथल्लो भागमा ओखर किवी, स्याउ खेतीको राम्रो सम्भावना रहेको प्रमुख रोकायले बताउनु भएको छ । पछिल्लो समय जाजरकोटका कृषक फलफुल खेती तर्फ आक्र्रसित हुदै गएका छन् ।

प्रकाशित मितिः २४ असार २०७६, मंगलवार २३:१७

Leave a Reply

Your email address will not be published. Required fields are marked *