बारेकोटमा सुरक्षित सुत्केरी संख्या बढ्यो

बद्री पन्त
जाजरकोट २५, असार
जाजरकोटको दुर्गम बारेकोट गाउँपालिकामा ६९ प्रतिशत महिला स्वास्थ्य संस्थामा आएर सुरक्षित सुत्केरी हुने गरेका छन् । घरैमा सुत्केरी हुदा कतीले त अकालैमा ज्यान गुमाउने गरेका छन् ।
स्वास्थ्य संस्थाबाट नियमित गर्भजाच गराए ४ सय तथा सुत्केरी भएमा १ हजार प्रोतसहान रकम समेत दिदै आएको थियो । गाउँपालिकाबाट थप १ हजार रकम थप गरेपनि २ बर्ष यता स्वास्थ्य संस्थामा सुत्केरी हुन आउने महिलाको संख्या चार गुणाले बढेको बारेकोट स्वास्थ्य शाखा प्रमुख वीरराज सिंहले बताउनु भयो ।
गाउँपालिका सन्चालन पछि स्वास्थ्य संस्थाहरु व्यवस्थापन, महिला स्वास्थय स्वयसेविकालाई महिनाको २ हजार प्रोतसाहन रकम व्यवस्थापन लगाएत कार्यक्रम संन्चालन गरेपछि यो दरबढेको सिंहले बताउनु भयो । पहिले घरमा नै असुरक्षित सुत्केरी हुने गरेका महिलाहरु पछिल्लो २ बर्षयता स्वास्थ्य चेतना जागरुप भएपछि स्वास्थ्य संस्थामा आउने गरेको सिंहले बताउनु भयो ।
स्वास्थ्य संस्था भन्दा घरैमा असुरक्षित रुपमा सुत्केरी हुने महिलाको संख्या २ बर्ष अघि धेरै रहेको बारेकोट गाउँपालिकाकी उपाध्यक्ष ओमा शाहीले बताउनु भयो । स्थानीय सरकार आएपछि महिलाहरुको लागि विशेष कार्यक्रम संचालन गरेको शाहीको भनाइ छ । पहिला महिलाहरु स्वास्थ्य संस्था नआएर घरमा नै असुरक्षित सुत्केरी हुने चलन थियो शाहीले भन्नु भयो ।


भौगोलिक विकट्टा, चेतनाको अभाव, गरीवी, गुणस्तरीय स्वास्थ्य सेवाको पहु“च नहुनु लगाएत कारण महिला असुरक्षित सुत्केरी हुन बाध्य रहेको र कमै महिलाहरुले मात्र स्वास्थ्य संस्थामा आएर सुरक्षित सुत्केरी सेवा लिने गरेको शाहीको भनाइ छ । अहिले बारेकोटमा सडक सन्जाल जोडियो, गाउँघरमै सहजै सरकारी सेवा उपलब्ध भएका छन् उपाध्यक्ष शाहीले भन्नु भयो ।
स्वास्थ्य संस्था बाहिर असुरिक्षत सुत्केरी हुने अधिकांश महिलाको ज्यान जोखिममा हुन्थ्यो ।
बारेकोटमा मातृमृत्यु शुन्य रहेको छ । गतबर्ष बारेकोट गाउँपालिकामा ३ सय महिलाले स्वास्थ्य संस्थामा आएर सुरक्षित सुत्केरी सेवा पाएका छन । यो बर्ष ५ सय ६ गर्भवती महिलामा ३ सय ४८ जनाले स्वास्थ्य संस्थाबाट सुत्केरी सेवा लिएको बारेकोट स्वास्थ्य शाखा प्रमुख वीरराज सिंहले बताउनु भयो ।
पहिले साविकका ३ गाविस सक्ला, रामीडाडा, नायकबाडा, रोकायगाउँ गरी ४ ठाउँमा स्वास्थ्य संस्था थिए । अहिले ६ स्थानमा आधारभुत सामुदायीक स्वास्थ्य इकाइ सन्चालित भएका छन् । ४ ठाउँमा प्रसुती केन्द्र सन्चालनमा आएपछि बारेकोटका महिलाहरुको स्वास्थ्य संस्थामा पहुच पुगेको गाउँपालिकाका अध्यक्ष महेन्द्रबहादुर शाहले बताउनु भएको छ ।
बारेकोट १ रामीडाडाकी २२ बर्षिया देविका नेपाली नियमित गर्भ जा“च नगराउने र ब्यथाले चापेपछि मात्र अस्पताल जाने चलन भएको बताउदै माफुले त्यो चलन तोडेको बताउनु भयो । स्वास्थ्य संस्थामा गएपछि रुपैया पाइने, नुन, तेल, सावन, कपडा पाउने भएपछि आफु जस्तै धेरै महिला स्वास्थ्यामा गएर सुत्केरी हुने गरेको नेपालीले बताउनु भयो । घरमै असुरक्षित सुत्केरी हुने प्रचलनले सुत्केरी महिलाको ज्यान जोखिममा रहेने गरेको भन्दै अस्पताल तथा स्वास्थ्यमा गएर गर्भजाच तथा सुत्केरी हुनु महिलाका लागि फाइदाजनक छ नेपालीले भन्नु भयो ।
सरकारले स्वास्थ्य संस्थाबाट नियमित गर्भजाच गराए ४ सय तथा सुत्केरी भएमा १ हजार प्रोतसहान रकम समेत दिदै आएको छ यसैमा जाजरकोटका स्थानीय तहहरुले थप प्रोतसाहन रकम उपलब्ध गराउने गरेपछि घरमा नै असुरक्षित सुत्केरी हुने महिलालाई अहिले अस्पताल तथा स्वास्थ्य संस्थामा आएर स्वास्थ्य सेवा लिने गरेको बताइएको छ ।

प्रकाशित मितिः २५ असार २०७६, बुधबार ११:१५

Leave a Reply

Your email address will not be published. Required fields are marked *