अर्गानीक मोडेल कृषिबाट कृषक लाभान्वित

बद्री पन्त
जाजरकोट २५, असार
कुशे गाउँपालिकाका स्थानीय कृषक यतीबेला आयमुलक क्षेत्रमा लागेका छन् । कृषि ज्ञान केन्द्र जाजरकोटबाट अनुदान सहयोग पाएपछि उनीहरु आयमुलक क्षेत्र लागेका हुन् । उनीहरु यतीबेला अर्गानीक तरकारी खेतीमा जुटेका छन् ।
१ देखि ९ वटै वडाका स्थानीयका घरघरमा करेसाबारी निर्माण भएको देखिन्छ । उनीहरु तरकारी खेतीमा आत्मनीर्भर बन्ने बाटो तर्फ अग्रसर भएर लागेको कुशे ५ का शिब मल्लले बताए । उनले भने कुशेको सवै ठाउँमा तरकारी तथा फलफुल खेती थालिएको कालिका फलफुल कृषक समुह कुशे २ का धनबहादुर सिंहले बताए ।


भकारो सुधार गरी गोठेमल व्यवस्थापन ५ सय १२ वटा घरमा भकारोसुधार गरीएकोछ भने गरीव तथा निम्न आयस्रोत भएका १ हजार १२ जनालाई ड्रम वितरण, फलफुलको विउवितरण गरेको कृषि ज्ञान केन्द्र जाजरकोटका प्रमुख चित्रबहादुर रोकायले बताए ।
गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतले कुशेलाई अर्गानीक गाउँपालिका बनाउने अभियान अनुसार कृषि क्षेत्रमा विभिन्न कार्यक्रम सन्चालन गरिएको बताए । यसका लागि कृषि ज्ञान केन्द्र र गाउँपालिका विच समन्वय गरेर कृषिका विभिन्न गतिविधी सन्चालन गरेको बताउनु भयो । अर्गानीक मोडेल कृषि कार्यक्रमबाट कुशेका कृषकले लाभ पाउँले अध्यक्ष बस्नेतले बताए । भकारो सुधार तथा गोठेमल व्वयस्थापन कार्यक्रमबाट पशुपालक कृषक लाभान्वित भएको बस्नेतको भनाइ छ । घरघरमा करेसाबारी तथा तरकारी खेती, फलफुल खेती गर्ने कृषकहरुको संख्या बढ्दै गएको बस्नेतले बताए । यो संगै स्थानीय रैथाने जानको बाली संरक्षणमा जोड दिइ विषादी रहित गाउँपालिका बनाउने बनाइ अर्गानीक क्षेत्र बनाउने अभियान सफल हुने अध्यक्ष बस्नेतको भनाइ छ ।
यसका लागि सबै क्षेत्रबाट सहयोग आवश्यक पर्ने गाउँपालिका अध्यक्ष बस्नेतले बताए । अर्गानीक मोडेल कृषि कार्यक्रममा सन्चालन गर्न कृषि ज्ञान केन्द्रबाट १ करोड वनेट व्यवस्थापन गरिएको ज्ञान केन्द्र प्रमुख रोकायले बताए । यस कार्यक्रामबाट कुशेबासीले विस्थारै परिवर्तनको अनुभुति गर्न थालेका छन् ।

प्रकाशित मितिः २५ असार २०७६, बुधबार ११:४३

Leave a Reply

Your email address will not be published. Required fields are marked *