बद्री पन्त
जाजरकोट २७, असार
बारेकोट गाउँपालिका ५, कालाखोलीकी ४० बर्षिया लंका नेपालीको आधा जोवन खानेपानीको गाग्री बोकेरै वित्यो । उनलाई घरको अन्य कामकाज भन्दा पनि कै चिन्ताले सताउने गरेको थियो । सोही ठाउँकी बेलु सुनारको पनि पनि कम छैन् । पानीकै लागि ठुलो संघर्ष गर्नु परेको बेलुले सुनाईन ।
घर नजिक पानी नहुदा २ घण्टा ठाढा खरेखोला जानुपर्ने बाध्यता थियो बेलुलाई । लंका र बेलु मात्र होइन गाउँका ४ सय महिलाको पिडा उस्तै थियो । एक गाग्री पानी लिन २ घण्टा पैदल हिड्ेर खरेखोला जानु पर्ने, पालोकुरेर बस्नु वाध्यता थियो । अव त्यो विगतको पिडा अन्त्य भएको छ । पानीको लागि धेरै दुख भोगेको बताउदै लंकाले विगतको पिडा कहिलै नपरोस भनीनन् ।
घर नजिकै खानेपानीको सुविधा पुगेपछि महिलाहरु खुसीले गदगद छन् । लामो समय देखि शुद्ध खानेपानी समस्या भोगेका गाउँका महिला पानी पुगेपछि सुखका दिन आएको बताउछिन् । नायकवाडाबासीले अब देखि शुद्ध खानेपानीको सुविधा पाएका छन् । ४ सय १० घरधुरीले सपmा पानीखाना पाउनुको साथै महिलाहरुलाई सुविधा भएको गाउँपालिकाका अध्यक्ष महेन्द्रबहादुर शाहले बताउनु भयो ।
पानी सुविधा पुगेपछि विशेष गरी महिलालाई समयको बचत भएको छ भने स्थानीयले शुद्ध पानी पाएको शाहको भनाइ छ । पानी वोकेर धेरै दुख पाएका स्थानीयलाइ राम्रो सुविधा पुगेको छ, शाहले भन्नु भयो । खानेपानी दिर्घकालसम्म सन्चालन गर्न उपभोक्ता आफै लाग्नु पर्ने शाहले बताउनु भयो ।
बारेकोट गाउँपालिका ५, को नायकवाडा, गैरागाउँ, तोलखाना, कालाखोली, पाखा, भैलोखाना, तलकोट, साहुवाडा लगाएत गाउँका ४ सय १० घरपरिवार प्रत्यक्ष रुपमा लाभान्वीत भएको प्राविधिक पृथ्वीबहादुर नेपालीले बताउनु भयो । गाउँमा पहिले खानेपानीको समस्या थियो अव समस्या समाधान भएको छ, लेपालीले बताउनु भयो ।
बृहत खानेपानी आयोजना निर्माण गरिएको हो । गाउँमा चौविसै घण्टा पानी आएपछि स्थानीय खुसी भएका छन । पानी नहुँदा लुगा धुन, नुहाउन, चर्पीमा पानी प्रयोग र अन्य सरसफाई गर्न निकै समस्या भोगेका स्थानीयको अहिले भने अवस्था फेरिदै छ, नेपालीले भन्नु भयो ।
बर्षौ देखि कुवा, खोला र खोल्साको दुषित पानी खादै आएका स्थानीय अहिले शुद्ध पानी खाना पाउदा हर्षित भएका छन । शुद्ध पानीको अभावमा झाडापखाला लगायतका पानीजन्य रोगको प्रकोपबाट पिडित स्थानीयले अबदेखि मुक्ती पाउने स्थानीय डिल्लीबहादुर सिंहले भन्नु भयो । पानी ल्याउन लाग्ने समयमा घरको अरु कामकाज गर्न समयको बचत भएको छ । खानेपानी आएपछि अहिले निकै सजिलो भएको सिंहको भनाई छ ।
खानेपानी आयोजना निर्माण गर्न बारेकोट गाउँपालिकाको ८२ लाख आर्थिक लागत र स्थानीयको १७ लाख जन श्रमदानबाट खानेपानी निर्माण भएको कलेबारी खानेपानी उपभोक्ता निर्माण समितिका अध्यक्ष पृथ्वीबहदुर सिंहले बताउनु भयो ।
उक्त खानेपानीबाट ४ सय १० घरधुरिलाई पायक पर्ने गरि ३२ वटा धारा राखिएको छ । दिनरात धारामा पानी आएको छ । स्थानीले सपmा पानी खाना पाएका छन् । बषौ देखि शुद्ध खानेपानीको सुविधाबाट बन्चित गाउँले अहिले धारामा पानी भएपनि खुसि भएका छन् अध्यक्ष सिंहको भनाइ छ ।
३ हजार ३ सय मीटर टाढाको कलेबारी मुहानबाट पानी ल्याइएको छ । विकट बस्तीको समस्या गाउँपालिकाले समाधान गरेको हो । यस अघि २ वटा बृहत खानेपानी आयोजना निर्माण भएपनि दिघोरुपमा सन्चालन हुन सकेको थिएन । आयोजना दिर्घकालिन रुपमा सन्चालन गर्न स्थानीय उपभोक्त पनि जिम्मेवार बन्नु पर्ने अध्यक्ष सिंहको भनाई छ ।