५ सय कृषकलाई २२ हजार फलफूलका बिरुवा

बद्री पन्त
जाजरकोट २७, असार
कृषि विकास उप शाखा कुशेले ५ सय कृषकलाई फलफुलका विरुवा वितरण गरेको छ । फलफूल पकेट क्षेत्रको रुपमा विकास गर्नका लागि कार्यालयले विभिन्न जातका वर्षे फलफुलका २२ हजार विरुवा वितरण गरेको कृषि विकास उप शाखा कुशेका प्रमुख धीरेन्द्र बस्नेतले बताउनु भयो ।


गाउँपालिका क्षेत्रलाई फलफुल पकेट खेतीका रुपमा विकास गर्नका लागि फलफूलका बिरुवा वितरण गरेको बस्नेतले बताउनु भयो । कार्यालयले सुन्तला १२ हजार, कागती १० हजार विरुवा वितरण गरेको बस्नेतले बताउनु भयो । जिल्लाका ७ स्थानीय तहमा फलफुल खेतीको राम्रो सम्भावना रहेको छ ।
जिल्लाको तल्लो भाग छेडाचौर देखि खगेनकोको दल्लीसम्ममा आप र लिच्ची, केरा, अनार, विचको भागमा कागती, सुन्तला, माथल्लो भागमा ओखर किवी, स्याउ खेतीको राम्रो सम्भावना रहेको गाउँपालिकाकी उपाध्यक्ष रामछाया शाहीले बताउनु भएको छ । पछिल्लो समय कुशेका कृषक फलफुल खेती तर्फ आक्र्रसित हुदै गएका शाहीको भनाई छ ।

प्रकाशित मितिः २७ असार २०७६, शुक्रबार ११:४५

Leave a Reply

Your email address will not be published. Required fields are marked *