असारे विकासको चटारो

बद्री पन्त
जाजरकोट २८, असार ।
जाजरकोटका गाउँ–गाउँमा सिंह दरबार आए पनि विकास निर्माणको कार्यशैली भने परम्पराग नै रहेको छ । वर्षभरी गर्नुपर्ने काम असार लागेपछि मात्रै हुने गरेको छ । स्थानीय सरकार गठन भएसंगै परिवर्तणको आसा गरेका स्थानीयबासी स्थानीय तहले पनि पुरानै कार्यशैली कायमै राखेपछि निरास भएका छन् ।
जाजरकोटमा संघीय सरकारले पठाएको बजेट जेठ मसान्तसम्म पुँजीगततर्फ साढे नौ प्रतिशत मात्र खर्च भएको छ । त्यस्तै प्रदेश सरकारमार्फत आएको विकास बजेट २१ प्रतिशत मात्र खर्च भएको कोष तथा लेखा नियन्त्रण कार्यालय जाजरकोटले जनाएको छ ।
जेठ मसान्तसम्मको बजेट खर्च निराशाजनक देखिएपछि यतिबेला सरकारी कार्यालय र स्थानीय सरकारलाई बजेट सक्न भ्याइ–नभ्याई छ । हरेक दिन तालिम, गोष्ठी उद्घघाटन र समापन गर्न जनप्रनिधि पनि व्यस्त छन् । विभिन्न आयोजना निर्माणका काम एकै पटक गर्दा मजदुरको समेत अभाव देखिएको छ ।


असार मसान्तसम्म संघीय सरकारको पुँजीगततर्फको करिब ९० प्रतिशत र प्रदेश सरकारको अनुदानको ८० प्रतिशत बजेट सक्नुपर्ने बाध्यता छ जाजरकोटमा । तर काम गर्ने शैलीमा परिवर्तन नल्याउँदा परम्परादेखि चल्दै आएको असारे विकास यसपटक पनि दोहोरिएको पत्रकार जनक केसीको भनाइ छ ।
अन्तिम महिनामा सिंगो बजेट कसरी सिध्याउने भन्नेमा स्थानीय सरकार अलमलमा छन् । असारमा एकैपटक बजेटको खोलो बगाउने प्रवृत्ति नहटेसम्म प्रतिफल निकाल्न सकिँदैन भन्नु हुन्छ जिल्ला समन्व समिति जाजरकोटका सदस्य कल्दर सिंह । सबै बजेट असारमै खर्च गर्दा काममा गुणस्तर समेत नहुने सिंहको भनाइ छ ।
अन्य स्थानीय तह आ–आफ्नै पालिकामा गएर सेवा दिए पनि जुनीचाँदे, कुशे र बारेकोट गाउँपालिकाले भने सदरमुकामबाट सेवा दिँदै आएका छन् । जुनीचाँदेको केन्द्र विवाद, कुशे र बारेकोटमा सुरक्षा अभावमा बैंक नहुँदा सदमुकामबाटै सेवा दिनु परेको गाउँपालिकाले जनाएका छन् । सम्झौता गर्न र सबै प्रकारका भुक्तानीका लागि उभोक्ता सदरमुकाम पुग्नुपर्ने बाध्यता छ ।
व्यवस्था परिवर्तन भएपनि काम गर्ने कार्यशैली भने परम्पराग नै भएको स्थानीय बताउछन् । असार सकिनै लाग्दा जाजरकोटमा असारे विकासको तीव्र गतिमा अगाडि बढेको स्थानीयको भनाइ छ । आफ्न कार्यकर्ता पाल्नलाई मात्र असारे विकास भई रहेको स्थानीय टोपबहादुर थापाको आरोप छ ।


कोष तथा लेखा नियन्त्रण कार्यालयका अनुसार संघीय सरकारले पुँजीगततर्फ पठाएको ९६ करोड ९४ लाख ४३ हजार रुपैयामध्ये जेठ मसान्तसम्म ९ करोड २५ लाख ४८ हजार मात्र खर्च भएको छ । चालुतर्फ भने ८२ प्रतिशत बजेट सकिएको छ । प्रदेश सरकारको ससर्त र निशर्त अनुदानतर्फ एक अर्ब १४ करोड ३१ लाख ८३ हजार रुपैयाँ पुँजीगत बजेटमध्ये जेठ मसान्तसम्म १९ करोड ५० लाख ९९ हजार खर्च गरिएको कोष तथा लेखा नियन्त्रण कार्यालयले जनाएको छ । यतिबेला जाजरकोट जिल्लामा वजेट सक्न असारे विकास निर्माणले तिव्रता पाएको छ । सडक देखि तारजाली लगाउने लगाएत काम धमाधम भइ रहेका छन् ।
तीन नगरपालिका, चार गाँउपालिका, डिभिजन सडक, डिभिजन वन, जिल्ला समन्वय समिति, घरेलु, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, पहाडी साना किसानका लागि अनुकुलन आयोजना, स्वास्थ्य, शिक्षा, शहरी विकास तथा भवन, जलस्रोत तथा सिंचाई विकास डिभिजन लगायतका कार्यालयमा प्रदेश तथा संघीय सरकारबाट प्राप्त पुँजीगत तर्फको ठूलो बजेट खर्च हुन सकेको छैन । कामको जिम्मा लिएका उपभोक्ता समिति, निर्माण व्यवसायीले तदारुकता नदेखाउँदा समयमा बजेट खर्च हुन नसकेको स्थानीय पार्वती विकको भनाइ रहेको छ ।

प्रकाशित मितिः २८ असार २०७६, शनिबार ०८:४०

Leave a Reply

Your email address will not be published. Required fields are marked *