जाजरकोटको ७ हजार हेक्टरमा पाखेधान खेती

बद्री पन्त
जाजरकोट २८, असार ।
जाजरकोटको कुल २५ हजार हेक्टर मध्ये ७ हजार हेक्टर जमिनमा पाखेधान खेती हुने गरेको छ । जिल्लाको पश्चि क्षेत्रमा बढी पाखेधान खेती हुने गरेको हो ।
१६ हजार हेक्टरमा जमिनमा मकै खेती तथा २ हजार हेक्टरमा अन्य बाली खेती हुने गरेको कृषि ज्ञान केन्द्र जाजरकोटका प्रमुख चित्रबहादुर रोकायाले बताउनु भएको छ ।


साविकका सिमा, कार्कीगाउँ, पजारु, गर्खाकोट, मजकोट, कोर्ताङ, दशेरा, साल्मा, जुगाथापाचौर, थालारैकर गाविसहरुमा पाखेधान खेती हुन्छ । त्यसैगरी डाडागाउँ, लहँ, खगेनकोट, रग्दा, भगवती, सक्ला, रोकायगाउँ, नायकवाडा, रामीडाडा लगाएत गाविसहरुमा मकै खेती हुने गरेको प्रमुख रोकायले बताउनु भयो ।
स्थानीय रैथाने जातको बालीको खेतीपाती लोप हुदै गएपछि स्थानीयले रैथाने जातको बाली संरक्षणमा लागेको रोकायाले बताउनु भयो ।

प्रकाशित मितिः २८ असार २०७६, शनिबार २१:२०

Leave a Reply

Your email address will not be published. Required fields are marked *