आलु खेतीबाट मनग्य आम्दानी

बद्री पन्त
जाजरकोट २८, असार
जाजरकोटको कुशे गाउँपालिका ५, पाँचकाटीया दम्दाला गाउँका स्थानीयले आलु खेती गरेर मनग्य आम्दानी गर्न सफल भएका छन् । यस बर्ष सिजन राम्रो भएकाले आलु उत्पादनमा बृद्धि भएको हो ।
आलु उत्पादनमा पकेट क्षेत्र मानीएको पाँचकाटीया दम्दाला गाउँका २ सय कृषकले २ हजार रोपनी क्षेत्रफल जमीनमा व्यवसायी आलु खेती गर्दै आएका छन् । सिजन राम्रो भएकोले ८० क्वीन्टल आलु उत्पादन भएको आलु खेती कृषक देवि सिंहले बताउनु भयो ।


आलु खेतीबाट बर्षमा ५० देखि १ लाख रुपैंयासम्म आम्दानी हुने गरेको सिंहको भनाई छ । घर व्यवहार चलाउन र छोराछोरीलाई पढाउन सजिलो भएको सिंहले बताउनु भयो । सिंहले १० रोपनी जमिनमा आलु खेती गर्नु भएको छ । यो गाउँमा ८ सय क्वीन्टल बढी आलु उत्पादन भएको छ ।
यहाँको आलु सदरमुकाम खलंगा, स्थानीय बजार क्षेत्र, पश्चिम रुकुमको चौरजहारी, आठविसकोट तथा सुर्खेत, नेपालगंजमा खपत हुने गरेको आलु खेती कृषक पूर्णबहादुर सिंहले जानकारी दिनु भयो । फागुन महिनामा आलु लगाउँने र असारमा निकाल्ने गरिन्छ । पछिल्लो समय आलु खेती गर्ने कृषकको संख्या बढ्दै गएको छ ।

प्रकाशित मितिः २८ असार २०७६, शनिबार २१:३७

Leave a Reply

Your email address will not be published. Required fields are marked *