बद्री पन्त
जाजरकोट ३१, असार ।
नलगाड नगरपालिका ४ खाल्चौर स्थित स्वास्थ्य चौकी लहँमा २ कोठे स्वास्थ्य चौकी भवन निर्माण भएको छ । भवन बनेपछि स्वास्थ्य सेवा प्रवाह गर्न सहज हुने भएको हो ।
२ कोठे भवनमा नगरको १० लाख अनुदान र जन श्रमदान ३ लाख गरी १३ लाख लागतमा भवन निर्माण भएको भवन निर्माण समितिका अध्यक्ष गोर्कण चन्द्रले बताउनु भयो ।
भवनसंगै, शौचालय, फोहर व्यवस्थापन गर्न भलासेन्ट र पिट पनि बनाएको चन्द्रले बताउनु भयो । भवन नमुना भएको भन्दै नगरबाट थप ५० हजार रकम व्यवस्थापन गरेको नलगाडका निमित्त प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र सिंहले बताउनु भयो । उक्त रकमले सुत्केरी महिलालाई आगो ताप्नका लागि भान्छा घर बनाउन दिइएको सिंहले बताउनु भयो ।
यसैगरी नगरले स्वास्थ्यमा खानेपानी व्यवस्था गरेको सिंहको भनाइ छ । खानेपानी नहुदा स्वास्थ्यमा उपचारका लागि आउने विरामीहरु, सुत्केरी पछि महिलालाई सरसफाइ गर्न सहज हुने सिंहको छ ।
२ किलोमिटर टाढाबाट पानी ल्याएको हो । खानेपानी निर्माण गर्न नगरले १ लाख ५० हजार रकम व्यवस्था गरेको वडा अध्यक्ष लक्ष्मीबहादुर रावलले बताउनु भयो ।