बद्री पन्त
जाजरकोट ३१, असार
जाजरकोटको नलगाड नगरपालिका ५, पारिगाउँ स्थित ढाँडाखोला ऐरारी देखि वडा नम्बर ६ को गर्छिना जोड्ने कृषि सडक निर्माण कार्य अगाडि बढेको छ । ६ किलोमिटर लम्बाईको यो सडकको ३ किलोमिटर ३ सय मिटर सडक निर्माण भएको हो ।
६ मिटर चौडाइको यो सडक भुमी व्यवस्था तथा कृषि सहकारी मन्त्रालयको ५० लाख लागत तथा स्थानीयको निर्माण भएको सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष धनबहादुर शाहीले बताउनु भयो ।
नलगाड ५ देखि ६ को सिमाना जोड्ने कृषि सडक हो । यो सडक निर्माण भएपछि गर्छिना, भारगाउँ, काफपाटा, ऐराडी लगाएत गाउँका स्थानीयबासीलाई सहज हुनुको साथै कृषि उत्पादन बजार लैजाना टेवा पुग्ने प्रदेश (क) का सांसद गणेश प्रसाद सिंहले बताउनु भएको छ ।
आगामी बर्ष थप वजेट व्यवस्था गरेर काम अगाडि बढाउने सिंहको भनाइ छ । घरआँगनमै सडक आएपनि स्थानीय हर्षित भएको स्थानीय प्रेमबहादुर शाहीले बताउनु भयो ।
घरछेउबाटै मोटर चढ्ने दिन आएपछि स्थानीय दंग भएका छन,शाहीले भन्नु भयो ।