अस्पताललाई उपकरण, विरामीलाई सुविधा

बीबी सिंह
जाजरकोट ४, साउन ।
सेभ द चिल्ड्रेनले जाजरकोट अस्पताललाई विभिन्न उपकरण उपलब्ध गराएको छ । उपकरण प्राप्त भएपछि अस्पतालको स्वास्थ्य सेवा प्रवाहमा सहज भएको छ ।
भौतिक पुर्वाधार, उपकरण, जनशक्ति लगायत कारण अस्पतालको सेवा नाजुक बनेको अवस्थामा सेभले महत्वपूर्ण उपकरण उपलब्ध गराएपछि सेवा प्रवाहमा सहज भएको हो । सेभले अस्पताललाई वासिङ्ग मेशिन, बेबी वारमर, अटोक्लेभ मेशिन, ट्रली, सिजरस, आइभी स्टान्ड्स, दराज, सक्सन मेशिन लगायत १५ प्ररकारका औजार उपलब्ध गराएको छ । सेभको आर्थिक सहयोगमा अस्पतालमा उपकरण प्राप्त भएपछि विरामीलाई सेवा दिन सहज भएको अस्पताल विकास समितिका अध्यक्ष धरमशिला बस्नेतले वताइन् ।

आर्थिक स्रोत अभाव भएको अस्पताललाई विभिन्न उपकरण उपलब्ध गराएर सेझे सह्रानिय कार्य गरेको उनले वताइन् । ‘जनशक्ति तथा पानी अभावमा विरामीका कपडा सरसफाई गर्न समस्या थियो, वासिङ्ग मेशिन पाएपछि उक्त समस्या समाधान भएको छ,’ उनले भनीन् । अस्पतालको सेवा प्रवाहमा सहजता ल्याउन ३ लाख ६२ हजार मुल्यका सामाग्री उपलब्ध गराएको सेभ द चिल्ड्रेनका राकेश कुमार यादवले वताए ।
वासिङ्ग मेशिन र बेबी वारमर मेशिनलाई ७४/७४ हजारका दरले मुल्य परेको उनले वताए । सेभले जाजरकोट जिल्लामा प्रजनन स्वास्थ्यको क्षेत्रमा सुधार ल्याउन विभिन्न कृयाकलाप गर्दै आएको उनले वताए ।
त्यस्तै सेभले जिल्ला अन्य १० स्वास्थ्य संस्थामा पनि स्वास्थ्य उपकरण उपलब्ध गराएको छ । स्वास्थ्य चौकी झाप्रा, स्वास्थ्य चौकी दशेरा, स्वास्थ्य चौकी पजारु, स्वास्थ्य चोकी गर्खाकोट, स्वास्थ्य चौकी ढीमे लगायत स्वास्थ्य संस्थामा विभिन्न उपकरण उपलब्ध गराएको यादवले वताए ।
सेभले ती स्वास्थ्य संस्थालाई दर्जन ग्या“स सिलिण्डर, १० वटा सक्सन मेशिन, दर्जन डिजीटल थर्मोमीटर, डेलिभरी वेड, २ दर्जन ड्रेसिङ्ग सेट, दर्जन डेलिभरी सेट लगायत सामाग्री वितरण गरेको छ । सेभले बालबालिका, महिला लगायतको स्वास्थ्य तथा प्रजनन् स्वास्थ्य पर्वद्धनको क्षेत्रमा कार्य गर्ने गरेको छ । यस जिल्लाका स्वास्थ्य संस्थामा दक्ष जनशक्ति, भौतिक पुर्वाधार, उपकरण, औषधी लगायत अभावका कारण स्वास्थ्य सेवा प्रभावकारी बन्न सकेको छैन ।

प्रकाशित मितिः ४ श्रावण २०७६, शनिबार १६:४०

Leave a Reply

Your email address will not be published. Required fields are marked *