जाजरकोटका सिडिओका बाह्र काम

बद्री पन्त
जाजरकोट १४, साउन
जिल्ला प्रशासन कार्यालय जाजरकोटले आर्थिक वर्ष २०७५/०७६ को बार्षिक प्रगति विवरण सार्वजानीक गरेको छ । सोमबार प्रशासन कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी गराइएको हो ।


प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेतले बाह्र महिना बाह्र कामको बारेमा जानकारी दिदै यस्तो कुरा बताउनु भएको हो ।
कार्यालयबाट ७ हजार ८ सय ९२ बंशजको नागरिता वितरण, प्रतिलिपी १ हजार ६ सय १६, पुरानो अभिलेखिकरण ३ हजार ९सय ९१, राहदानी सिफारिस १ सय, दुत्र सिफारिस २० वटा गरिएको छ ।


यस्तै ठाडो उजुरी २७, विविध सिफारिस २ हजार ५५, हातहतियार नविकरण १४, सार्वजाजिक अपराधका मुद्धा १०, सवारी ४, वजार अनुगमन १२ पटक, कार्यविधी निर्देशिका निर्माण लगाएत काम भएको बस्नेतले बताउनु भयो ।
चार गाउँपालिकामा घुम्ती शिवीर सन्चालन गरेर घरदैलोमै जनतालाई सेवा प्रवाह गरिएको बस्नेतको भनाइ छ ।  जिल्ला प्रशासन कार्यालयको कामकारवाहीमा साथ सहयोग गर्ने जिल्लाबासी, पत्रकार, सरकारी कार्यालय लगाएत सवैलाई प्रजिअ बस्नेतले धन्यबाद ज्ञापन गर्नु भएको छ ।

प्रकाशित मितिः १४ श्रावण २०७६, मंगलवार १२:२१

Leave a Reply

Your email address will not be published. Required fields are marked *