चितुवा किन मर्यो ?

बद्री पन्त
जाजरकोट २१, साउन ।
जाजरकोटको भेरी नगरपालिका ९ मध्यपहाडी लोकमार्ग अन्तर्गत झुप्राखोलाको जंगलमा शिकारीले थापेको पासोमा परेर एउटा चितुवा मरेको छ ।


५ फिट ८ इन्च लम्बाइको माउँ चितुवा पासोमा परेर मरेको अबस्थामा फेला परेको डिभिजन वन कार्यालय जाजरकोटका निमित्त डिभिजन वन अधिकृत त्रृषभ देव खनालले बताउनु भयो ।
चितुवालाई पोष्टमाटम गरी वन कार्यालयको हाताभित्र गाडिएको छ । जाजरकोट जिल्लामा पछिल्लो समय दुर्लभ बन्यजन्तुको चोरीशिकार बढ्दै गइरहेको छ ।

प्रकाशित मितिः २१ श्रावण २०७६, मंगलवार २०:५९

Leave a Reply

Your email address will not be published. Required fields are marked *