खोलामा सडक छ, पुल छैन

बद्री पन्त
जाजरकोट २१, साउन
जाजरकोट — डोल्पा भेरी कोरीडोर मार्गको जाजरकोट खण्डको ६० किलोमिटर सडक निर्माण भइ यातायात सन्चालन भएको ८ बर्ष वित्योे । यस खण्डको आधा दर्जन खोलामा सडक पुल बन्न सकेका छैनन् ।
पुल नबन्दा नलगाड नगरपालिकाको कालिमाटी देखि तल्लुबगरको २७ किलोमिटर सडकमा यातायात संचालनमा अबरुद्ध भएको छ । जसका कारण यात्रुलाई गन्तव्यमा पुग्न र उपभोग्य सामान ढुवानीमा सास्ती हुने गरेको छ ।
भेरी कोरीडोर मार्ग अन्र्तगतको जाजरकोट–डोल्पा सडकमा पर्ने दर्जनौं खोलामा पुल बन्न सकेका छैनन् । यस सडक खण्डको नलगाड भएर जाजरकोट — डोल्पा जाने सडकको कालीमाटी देखि तल्लुबगरसम्मको सिधा यातायात सन्चालन समेत बन्द भएको छ । यस सडकको झुमरा खोला, नलसिंहगाड, ताँसुगाड, ताँत्र खोला, मालुवा मैदे लगाएत खोलामा सडक पुल बन्ने कुनै सुरसार देखिदैन । बर्खामा साना खहरे खोलाले यातायात अबरुद्ध बनाउने गर्छ भने हिउदमा ठुला खोलाले ।


खलंगाबाट गएका यातायाका साधन कालिमाटीमा रोकीने र तल्लुबगरबाट आएका साधन दल्लीमा रोकीने गरेका छन । खोलाहरुमा पक्कि सडक पुल नबन्दा दुर्गम क्षेत्रकाबासीले बर्खा लागेपछि बर्षेनी सास्ती खेप्नु परेको बारेकोट ५ का चत्रबहादुर सिंहले बताउनु भयो ।
नलगाड नगरपालिका २ र ५ कालिमाटी जोड्ने झुमरा खोला र ५ र ७ जोड्ने नलसिंहगाड खोलामा पक्की पुल नहुदा कालीमाटी देखि खारा र तल्लुबगरको सिधा यातायात सन्चालनमा बाधा पुगेको छ । जोखीम मोलेर खोलामा तार्दा यातायातका इन्जिननै सिज हुने गरेको छ । खोलामा यातायात फस्ने जेसीवी लगाएर तान्नु पर्ने बाध्यता छ । सडक सिधा यातायात सन्चालन नहुदा निर्माण सामग्री, चामल, ग्यास लगायत उपभोग्य वस्तु ढुवानीमा समस्या भएको उघोग वानिज्य संघ कालिमाटी शाखाका अध्यक्ष धनबहादुर रावलले बताउनु भयो ।
दुर्गम गाउँमा दैनिक उपभोग्य सामान आपुर्ती सहज नहुदा मुल्यबृदि बढेको छ भने दुइ रुपैया प्रति केजी ढुवानी हुने सामान अहिले १४ देखि १५ रुपैया केजीमा ढुवानी हुने छ ।
कच्ची सडकले गर्दा हिउँद र बर्खा दुबै समयमा स्थानीयवासीले सास्ती खेप्नुपरेको छ । डोल्पा, नलगाडको रग्दा, भगवती, रुकुम पश्चिमको गोतामकोट लगाएत स्थानमा सामान पिठ्यूँमा बोकेर लैजानु पर्ने बाध्यता छ । खोलामा पुल नहुदा तल्लुबगर, खलंगा, नेपालगंज, सुर्खेतको सिधा यातायात सन्चालन रोकिएको छ ।

प्रकाशित मितिः २१ श्रावण २०७६, मंगलवार २१:१६

Leave a Reply

Your email address will not be published. Required fields are marked *