किसानले पाए, कृषि सामाग्री

बद्री पन्त
जाजरकोट २३, साउन
पहाडि साना किसान अनुकुलन आयोजना जाजरकोटले जिल्लाको कुशे गाउँपालिका ५, ६ र ७ का कृषकहरुलाई कृषि सामग्री वितरण गरेको छ । तरकारी खेतीमा आत्मनिर्भर बनाउने उद्धेश्यले कृषि सामग्री वितरण गरेको हो ।
उक्त आयोजनाको आर्थिक सहयोगमा देउराली मकै विउ उत्पादन कृषक समुहले विपन्न ५२ घरपरिवारलाई काउली, बन्दा, टमाटर, मुला, बोडि, सिमी लगाएत तरकारीको विउँ, सिचाइ सुविधाका लागि पाइप, गाडेन पाइप, थोपा सिचाइ ड्रम, क्यारेट, हजारी, सिकेचर, स्पिङकलर, मकै छोडाउने मेसिन, पलाष्टिक टर्नेल लगाएत कृषि औजार वितरण गरेको सामाजिक परिचालक भगवती चन्दले बताउनु भयो । यस कार्यक्रमबाट कुशे ५ मा ९१ घर, ६ मा १ सय घर र ७ मा ८८ घरपरिवार लाभान्वित भएको चन्दले बताउनु भयो ।
घरआँगनमै तरकारी विउँ, पाइप लगाएत सामग्री पाउदा कृषि खेतीमा थप सहयोग मिलेको कुशे ५ की डिल्ली मल्लले बताउनु भयो । कार्यक्रमबाट व्यवसायीक तरकारी खेतीमा टेवा पुग्ने ललि चदाराको भनाइ छ । आयोजनाबाट आर्थिक बर्ष २०७५/०७६ मा जिल्लाको भेरी नगरपालिका, छेडागाड नगरपालिका र कुशे गाउँपालिका क्षेत्र भित्रमा खानेपानी मुहान संरक्षण तथा खानेपानी योजना निर्माण २० वटाबाट ९ सय घरपरिवारले लाभ पाएका छन् । सिचाई ११ वटाबाट ७ सय १५ घरपरिवार, पहिरो रोकथाम तथा नदी नियन्त्रण गर्न तटबन्ध निर्माण १४ वटाबाट ५ सय १८ घरपरिवार लाभान्वित भएका छन ।

त्यसैगरी बृक्षारोपन १, नर्सरी २, पक्की सिचाई पोखरी ५ वटा गरी ५३ वटा पूर्वाधार योजना निर्माण गरेको संयोजक दाहालले बताउनु भयो । आयोजनाले भौतीक पुर्वाधारका क्षेत्रमा ३ करोड ९० लाख ६४ हजार ६ सय ९६ रुपैंया र नाफा मुलक क्षेत्रमा २ करोड ७६ लाख ६९ हजार ९ सय ९९ रुपैंया रकम खर्च भएको दाहालले जानकारी दिनु भयो । आयोजना सन्चालित क्षेत्रका स्थानीयले विस्तारै परिवर्तनको अनुभुती गर्न थालेको बताइएको छ । आयोजनाले तरकारीखेती, बाख्रापान व्यवसाय लगाएत क्षेत्रमा पनि लगानी गरेर सिमान्तकृत तथा विपन्न समुदायको जीवन स्तरमा सुधार ल्याइ उनीहरुलाई आत्मानिर्भ बनाउँने मुख्य लक्ष्य रहेको छ ।

प्रकाशित मितिः २३ श्रावण २०७६, बिहीबार १३:२८

Leave a Reply

Your email address will not be published. Required fields are marked *