विरुवाबाट २५ लाख आम्दानी

बद्री पन्त
जाजरकोट २३, साउन ।
जाजरकोट छेडागाड नगरपालिका -१२, सिरुगाडका मानबबहादुर खत्रीले यसबर्ष नर्सरीबाट २५ लाख आम्दानी गर्नु भएको छ । ७८ हजार विरुवा वेचेर २५ लाख आम्दानी गर्नु गर्नु भएको हो ।
२४ वर्ष अघि खत्रीले खत्री नर्सरी उद्योग सञ्चालन गरेर विरुवा उत्पादन गर्दै आउनु भएको छ । खत्री त एक प्रतिनीधी उद्धाहरण मात्र हुन । जिल्लामा चाहिने बिरुवा बाहिरी जिल्लाबाट ल्याउनुपर्ने बाध्यता टार्न खत्रीले गाँउमै नर्सरी सञ्चालन गरेर आवश्यक पर्ने बिरुवा आपूर्ति गर्दै आउनु भएको छ ।


सामान्य लेखपढ गरेका खत्री रोजगारीको खोजीमा धेरै पटक भारतको कालापाड पुगेको बताउनु हुन्छ । कालापाडको कमाइले घर व्यवहार चलाउन मुस्कील थियो । सुरुवात गरेको नर्सरी र त्यहाँबाट हुने आम्दानीले रोजगारीका लागि विदेश जानेलाई पनि यस्ता नर्सरीले पाठ सिकाएको खत्रीको भनाइ छ । खत्रीले नर्सरी सुरुवात गर्दा करिब १५ हजार लगानी गरेको बताउन भयो । नर्सरी उद्योगमा अहिले ओखर, कागती, सुन्तला, अनार, टिमुर, बकाइनो, काउँलो, चिउरी लगाएत १ लाख बिरुवा छन । नर्सरीले बिरुवा अनुसारको मूल्य कायम गरेको छ । १० देखि ५० रुपैयाँ बिरुवाको मूल्य पर्छ । नर्सरी उद्योग सञ्चालनमा आएपछि अन्य गाउँ तथा नगरपालिका तथा अन्य जिल्लाका नागरिकलाई पनि बिरुवा किन्न सहज भएको छ । गाउँमा नै नर्सरी उद्योग सञ्चालनमा ल्याएका खत्रीले अब यही नर्सरी उद्योगबाट उत्पादन भएका बिरुवा न्यून दरमा वितरण गरी व्यवसायलाई बढावा दिने बताउनु भएको छन् । नर्सरी व्यवसायबाट छोराछोरी पढाउन र घर व्यवहार चलाउन सहज भएको खत्रीको भनाइ छ ।

प्रकाशित मितिः २३ श्रावण २०७६, बिहीबार १३:३५

Leave a Reply

Your email address will not be published. Required fields are marked *