आठ बर्ष वित्यो सडकको सुधार भएन

बद्री पन्त
जाजरकोट २९, साउन
जाजरकोट डोल्पा भेरी कोरीडोर मार्गको खलंगा रिम्ना — आठबीसकोट राडिज्यूला सडकको स्तरोन्ती नहुदा यातायात संचालनमा अबरुद्ध हुदै आएको छ । बर्षातका कारण सडकमा खाल्डाखुल्डी हिलाम्मे हुदा यात्रुलाई गन्तव्यमा पुग्न सास्ती भएको छ ।
हिउदमा धुलाम्मे तथा बर्खा लागे हिलाम्मे हुने सकडका कारण स्थानीय आजित भएका छन । सडकको सुधार नहुदा यस क्षेत्रका नागरीकले बर्षेनी सास्ती खेप्नु परेको छ । सडकको कालेगाउँ, रावतगाउँ, पिपे, रिम्ना रुकुमको छेपारे पिपलचौरमा लगाएत स्थानमा साँघुरो सडक तथा घुम्ती मोडका कारण यातायात सन्चालनमा बाधा पुग्ने गरेको छ । राडिज्यूलाबाट जाजरकोट, नेपालगंज, सुर्खेत तथा जाजरकोटबाट राडिज्यूला हुदै तल्लोबगर डोल्पा त्रिवेनी जान हिडेका यात्रु विचबाटोमै गाडि फसेपछि अलपत्र पर्ने गरेका छन ।


खलंगा रिम्ना आठविसकोट सडक अबरुद्ध हुदा यात्रुले दुख भोग्नु परेको यात्रुको भद्र अधिकारीले बताए । जिल्लाका विभिन्न स्थानमा सडक खन्ने काम हुन्छ । तर गाउँ पिच्छे खनीएका सडक अलपत्र परेका छन् । सडक निर्माणका नाममा करोडौं रकम खर्च भैसक्दा पनि यहाँका स्थानीयले यातायात सुविधा पाउन सकेका छैनन् ।
८ बर्ष अघि निर्माण भएको सडकको सुधार नहुदा दुर्घटनाको जोखिम बढेको चालक कर्णबहादुर विकले बताए । सडक निर्माण गर्ने तर गाडी गुडाउनलाई योग्य नबनाउने प्रचलनले पनि समस्या आएको छ ।

प्रकाशित मितिः २९ श्रावण २०७६, बुधबार ०८:२९

Leave a Reply

Your email address will not be published. Required fields are marked *