हावाहुरीले मकैबाली सखाप

बद्री पन्त
जाजरकोट २९, साउन
नलगाड नगरपालिका ४, मान्चौरका गणेशबहादुर वलीको ७ रोपनी जग्गामा लगाएको मकै लगातारको बर्षा तथा हावाहुरीले सखाप बनाएपछि वली अहिले चिन्तामा परेका छन् । धान चँवर फालेर घोगा लाग्न थालेको मकैबाली नष्ट हुदा ७ जनाको परिवारको गर्जो कसरी टार्ने भन्ने चिन्ताले वलीपरिवारलाई सताएको छ । सोही ठाउँका भरत रावलको १० रोपनी जग्गामा लगाएको मकै हावाहुरीले सवै भाँचेर नष्ट पारेको छ । साउन २० गतेको पानीसंगै हावाहुरीका कारण मकैबाली नष्ट गरेको हो । स्थानीय टिकाराम रावलको २० मुरी फल्ले जग्गाको मकै सवै नष्ट भएको छ । वली र रावल त मान्चौरगाउँका केहि उदाहरण मात्र हुन् । मान्चौर गाउँका ६० घरपरिवारको मकैबाली नष्ट भएको छ । मानचौर, कोठीगाउँ, चच्चुलाइना, पाटा, सार्कीवारा, माझगाउँ, ओवाचौर, भेरीखर्क, मायाडाडा, भाच्चीउरा, फुलचाउली, प्यारघारा, सिमा, औल, दारफाका, बाउेखोला लगाएत गाउँका ५ सय घरपरिवारको ७ सय रापनी जमिनमा लगाएको मकैबाली नष्ट गरेको स्थानीय भरत रावलले जानकारी दिनु भयो ।


सवै मकै नष्ट भयो, के खाने कहाँ जाने भन्ने चिन्ताले सताएको रावलले भन्नु भयो । नलगाड ४ को मानचौर, कोठीगाउँ, चच्चुलाइना, पाटा, सार्कीवारा, माझगाउँ, ओवाचौर, भेरीखर्क, मायाडाडा, भाच्चीउरा, फुलचाउली, प्यारघारा, सिमा, औल, दारफाका, बाउेखोला, ६ को थाप्ला, गराग्ली, भारगाउँ, गर्छिना, ५ को लविसा, ऐराडि, मुली, पारीगाउँ, पोख्रा, खनटाकुरा लगाएत वडामा लगाएको मकैबाली अभिरल वर्षासगै आएको हावाहुरीले ढालेर सखाप पारेको कृषि विकास शाखा दल्लीका प्रमुख महेश कुमार बिष्टले बताउनु भयो । राहातको लागि पहल गर्न स्थानीयले स्थानीय सरकारलाई अनुरोध गरेका छन् ।
धान चवर गदै गरेको मकै हावाहरीले ढालेपछि वर्षभरी कसरी गुजारा चलाउने भन्ने चिन्ताले सताउन थालेको किसानहरुले वताएका छन । कृषि विकास उपशाखा दल्लीले कृषि प्राविधिक तथा प्रहरी मुचुल्कासहित क्षेतिको विवरण संकलन गरेर राहातको लागि पहल गर्ने प्रमुख बिष्टले बताउनु भयो । बर्षभरी खाना पुग्ने मकै सबै नष्ट भएपछि गाउँमा भोगमरी बढ्ने बताइएको छ ।

प्रकाशित मितिः २९ श्रावण २०७६, बुधबार १०:२७

Leave a Reply

Your email address will not be published. Required fields are marked *