दर्जन घर पहिरोको जोखिममा

बद्री पन्त
जाजरकोट २, भदौ
लगातारको वर्षापछि आएको पहिरोले गएराती जाजरकोटको नलगाड नगरपालिका ६, गराग्लीगाउँका १२ घर पहिरो उच्च जोखिममा परेका छन् । गाउँ तल र माथीबाट पहिरो झरीरहेको र मान्छेहरु भने राती १ वजेतीर सुरक्षित स्थानमा गइसकेकोले मानविय क्षेती नभएको स्थानीय रणबहादुर खड्काले जानकारी दिनु भएको छ ।
पहिरोबाट स्थानीय भीमबहादुर खड्का, इन्द्रबहादुर खडका, दलबहादुर रावल, कृतीबहादुर रावल, रणबहदुर खड्का, धनबहदुर खड्का, डिल्लबहादुर खड्का, मानबहादुर रावल लगाएतका घर उच्च जोखिममा परेका खड्काले बताउनु भयो । पहिरो झरिरहेकोले पशुबस्तु र घरको माल समान भने सुरक्षित स्थानमा लिन सकिएको छैन । अहिले भारी बर्षा भइरहेको हुदा पहिरो जानेक्रम पनि बढेको छ । पहिरोले धान तथा मकै बालीमा समेत क्षेती पुर्याएको छ । गत बर्ष सो गाउँमा २ वटा घर पहिरो बगाएको थियो ।

प्रकाशित मितिः २ भाद्र २०७६, सोमबार ०९:४६

Leave a Reply

Your email address will not be published. Required fields are marked *