२७ घर जोखिममा

बद्री पन्त
जाजरकोट २, भदौ
जाजरकोटको बारेकोट गाउँपालिका ५, तोल्खानागाउँमा २७ घर पहिरो उच्च जोखिममा परेका छन् । लगातारको बर्षापछि पहिरो जादा तोल्खाना र कालाखोलीका घरहरु जोखिममा परेको स्थानीय घमण्ड शाहले बताउनु भयो ।
पहिरोबाट स्थानीय नविन नेपाली, रोजेश नेपाली, रुद्रबहादुर शाह, चित्रबहादुर शाह, हिरा नेपाली, ऐनबहादुर नेपाली, दत्तबहादुर नेपाली, रतन नेपाली लगाएतका घर उच्च जोखिममा परेका छन् । अधिकांस घर पहिरोले पुरेको छ । मान्छेहरु सुरक्षित स्थानमा गइसकेका छन । गाउँपालिकाका अध्यक्ष महेन्द्रबहादुर शाहले भारी बर्षा भइरहेकोले पहिरोबाट मानविय क्षेती नहोस भनेर स्थानीयहरुलाई सुरक्षित स्थानमा बस्न अनुरोध गर्नु भएको छ । पहिरो जानेक्रम पनि बढेको छ । पहिरोले मकै बालीमा समेत ठुलो क्षेती पुर्याएको अध्यक्ष शाहले बताउनु भयो ।

प्रकाशित मितिः २ भाद्र २०७६, सोमबार २१:५१

Leave a Reply

Your email address will not be published. Required fields are marked *