नागरिक सहायता कक्ष सन्चालन

माया पन्त
जाजरकोट १२, असोज
जाजरकोट प्रहरीले दशैं लगाएत चाडवाडलाई लक्षित गरेर यात्रुहरुको सहज र सुरक्षित यात्रा गर्न सहज वनाउन आइतबार देखि सदरमुकाम लगाएत क्षेत्रमा नागरिक सहायता कक्ष सन्चालन गरेको छ ।
दशंै लगाएत चाडवाडलाई लक्षित गरेर यात्रुले सहज रुपमा आफ्नो गन्तव्यमा पुग्न सहज होस भनेर कक्ष सन्चालन गरिएको हो । दशैं, तिहार जस्ता चाडवाडमा हुन सक्ने सम्भावित जोखिमलाई न्यूनिकरण गर्न अभियान सन्चालन गरिएको जाजरकोट प्रहरी प्रमुख श्यामबहादुर खत्रीले बताउनु भयो । जिल्लामा साघँुरो तथा घुम्ती मोड भएका सडकमा बढी सवारी दुर्घटना हुने भन्दै सवारी चालकले ट्राफिक नियमको पालना गरेर सवारी चलाउनु पर्ने डिएसपी खत्रीको भनाइ छ ।


प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले यातायात व्यवसायीसंघ १४ बुद्धे सहमती भएको र त्यसको सहीकार्यानवयन गर्नु पर्ने बताउनु भयो । लामो दुरीमा २ जना चालक राखेर गाडि चलाउनु प्रजिअ पन्तको भनाइ छ । सडकमा जथाभावि यातायातका साधन पार्किङ नगर्न र तोकिएको बसपार्क स्थानमा पार्किङ गर्न पनि पन्तले निर्देशन दिनु भएको छ ।
जाजरकोट प्रहरीले सवारी दुर्घटनालाई न्यूनिकरण गर्न जाजरकोट छिन्चु, छेडाचौर, रिम्ना लगाएत सडकमा टाईम कार्ड लागु समेत गरेएको छ । प्रहरीले घरेलु मदिरा नियन्त्रण, लागु औषध देखि मानव वेचविखन जस्ता सचेतना कार्यक्रमहरु सन्चालन गर्दै आएको छ । प्रहरीले जिल्लाका सात वटै स्थानीय तहमा प्रहरी सुरक्षा निगरानी बढाएको जनाएको छ । कुनै पनि समस्या आएमा प्रहरीको १०० नम्बरमा सम्पर्क गर्न पनि प्रहरीले अनुरोध गरेको छ । चालक अनुमति पत्र नभएर तथा जथाभावी सवारी साधन नचलाउन समेत पहरीले सबैमा अनुरोध गरेको छ । शान्तिचौतारा भएको कार्यक्रममा यातायात व्यवसायी, सुरक्षा निकायका प्रमुख तथा स्थानीयको सहभागिता थियो ।

प्रकाशित मितिः १२ आश्विन २०७६, आईतवार १५:२४

Leave a Reply

Your email address will not be published. Required fields are marked *