सिंहदरवार गाउँमै

बद्री पन्त
जाजरकोट १७, पुस
स्थानीय तह सन्चालनमा आएको तीन बर्ष वित्नै लाग्यो । सवै स्थानिय तहका आफ्नै भवन छैनन् । कतै केन्द्र विवाद कतै सदरमुकामबाटै कार्यलय सन्चालन भई रहेका छन । तिनिहरुले स्थानीयका घर भाडामा लिएर कार्यालय संचालन गर्दै आइरहेका छन् ।
तीन नगरपालिका र चार गाउँपालिका रहेको जाजरकोटमा पनि अधिकांसको अवस्था उस्तै छ । उनीहरुले पनि भाडाकै घरबाट कार्यालय संचालन गरेर सेवा प्रवाह गरिरहेका छन् । गाउँगाउँमै सरकारी सेवा पाउने भनेर हौसीएका सर्वसाधारण पुरानै व्यवस्थाका कारण निरास भई रहेका बेला जिल्लाको कुशे गाउँपालिकाले गाउँपालिकाको प्रशासनिक केन्द्र थर्पु भार्मा स्थित आफ्नै नयाँ भवनबाट सेवा प्रवाह गरेको छ ।


कुशेबासीले गाउँबाटै सरकारी सेवा सुविधा पाएपछि विस्थारै परिवर्तनको अनुभुती गर्न थालेका छन । तीन नगरपालिका र चार गाउँपालिका रहेको जाजरकोटमा अधिकांस स्थानीय तहले अहिलेसम्म पनि भाडाकै घरबाट कार्यालय संचालन गरेर सेवा प्रवाह गरि रहेका छन् । उता कुशे गाउँपालिकाले भने एक करोड ५० लाख लागतमा ३६ कोठा भएको ६ वटा भवन निर्माण गरेर हाल सोई भवनबाट स्थानीयलाई सेवा प्रवाह गर्दै आएको छ । गाउँमै गाउँपालिका सन्चालनमा आएपछि स्थानीय बासीन्दालाई डेढ दिन पैदल हिडेर सदरमुकाम पुग्नु पर्ने बाध्यता हटेको छ । कुशेबासीले गाउँबाटै सरकारी सेवा सुविधा पाएपछि विस्थारै परिवर्तनको अनुभुती गर्न थालेका छन । स्थानीय बासिन्दालाई विभिन्न काम गर्नकै लागि सदरमुकाम खलंगा धाउनु पर्ने वाध्यता हटेको छ । सदरमुकामबाट पाउने सेवासुविधा गाउँमै पाइने भएपछि विगतको वाध्यता अन्त्य भएको स्थानीय ऐनबहादुर बिष्टको भनाइ रहेको छ ।


कुशेबासीलाई विगत जस्तै सामान्य काम गर्नकै लागि सदरमुकाम जानु पर्ने बाध्यता हटेको गाउँपालिकाका अध्यक्ष हरीचन्द्र बस्नेतले बताउनु भयो । अहिले गाउपालिकाबाट प्रवाह गरिने सेवा मात्र नभएर विभिन्न सेवा प्रवाह भएपनि स्थानीयलाई धेरै सहज भएको अध्यक्ष बस्नेतको भनाइ छ ।


त्यसैगरी कृषि विकास बैंक सन्चालनमा आएको छ । बैंकमा अहिलेसम्म ५ सय जना सेवाग्राहीले बैक खाता खोलि सकेका छन । स्थानीयलाई बैंकले सुविधा पुर्याएको कृषि विकास बैंक कुशे शाखा प्रवन्धक राजेन्द्र प्रसाद आचार्यले बताउनु भएको छ ।


थानीयले सहज रुपमै सरकारी सेवा गाउँमै पाउनँ थालेपछि गाउँगाउँमा सिंह दरबारको अधिकार आएको अनुभुती गर्न थालेका छन । भौगोलिक विकटता र आर्थिक विपन्नता धेरै भएको कुशेका वस्तीहरु क्रमश सडक संजालमा जोडिदै गएपछि स्थानीय सहज भएको छ । विकासमा विकटता मात्र होइन स्थानीय कृषि उत्पादनमा राम्रो सम्भावना वोकेको गाउँपालिका हो । पहिले र अहिले स्थानीयको दैनिकी बदलिदै गइरहेको छ । कुशेको विकटता विस्तारै सुगुम्ता तीर उन्मुख हुदै गएको बताइएको छ ।

प्रकाशित मितिः १७ पुष २०७६, बिहीबार १४:१६

Leave a Reply

Your email address will not be published. Required fields are marked *