दलित बस्तीमा खरको छाना

बद्री पन्त
जाजरकोट २३, पुस
जाजरकोटको बारेकोट गाउँपालिकाले वडा नम्बर–६ घर्तीगाउँमा खरको छाना बिस्थापित गरि टिनको छाना राखिदिने भएको छ । संघिय सरकारको बिशेष अनुदानमा दलित बस्तीमा खरको छाना विस्थापित गर्न लागिएको हो । घर्तीगाउँ, ताँसी र धुमा गाउँको दलित बस्तीमा गाउँपालिकाले पहिलो चरणको कार्याक्रममा खरको छाना बिस्थापित गर्न लागेको हो । एक सय दलित घरपरिवारका घरमा संघीय सरकारको ६९ लाख बिशेष अनुदान रकमबाट जस्ता पाताबाट घर निर्माण गरिने भएको छ । बर्षौदेखि भिर पाखामा गएर कयाँर काटेर ल्याउनु पर्ने बाध्यताबाट त्यहाँका दलित समुदायलाई राहत पुग्ने भएको छ । खरको छाना विस्थापित गरेर टिनको छाना पाउने भएपछि निकै हर्षित भएको स्थानिय महेन्द्र नेपालीले बताउनु भया ।


हरेक बर्ष घरलाई ओत लगाउन खर काटनु पर्ने बाध्यता समेत हट्ने भएको छ । खरले ओत लगाएका घर चुहिने र आगलागिका घटनाबाट सुरक्षित हुने गाउँपालिकाका अध्यक्ष महेन्द्रबहादुर शाहले बताउनु भयो । गाउँपालिकालाई नै खरका छाना मुक्त बनाउने अभियान भएको भन्दै शाहले । बारेकोटमा कसैको पनि खरले छाएको घर विस्थापित गरेर जस्ताले छाएका घर बनाउने लक्ष्य रहेको अध्यक्ष शाहको भनाइ छ ।


बारेकोट गाउँपालिकाले नौ वटै वडाका दलित तथा गैर दलित समुदायका घरमा खरको छाना बिस्थापित गरेर जस्ता लगाउने र खर मुक्त पालिका बनाउने अध्यक्ष शाहको भनाइ छ ।

प्रकाशित मितिः २३ पुष २०७६, बुधबार १५:०७

Leave a Reply

Your email address will not be published. Required fields are marked *