जाजरकोटमा मिनी शितभण्डार र हाटबजार बन्ने

बद्री पन्त
जाजरकोट, २५ पुष ।
जाजरकोटको सदरमुकाम खलंगामा अत्याधुनिक प्रविधि सहितको मिनी शित भण्डार बन्ने भएको छ ।  भेरी नगरपालिका भित्र बन्ने शित भण्डारको लागि सम्भाव्यता अध्ययन सुरु भएको कृषि क्षेत्र विकास कार्यक्रम जाजरकोटका प्रमुख सुरेश थापाले बताए ।
दुई सय मेटिक टन क्षमताको शित भण्डार निर्माणको लागि अहिले जग्गा खोज्ने, डिजाइन गर्ने काम भैइरहेका उनले बताए ।  जाजरकोटमा शितभण्डार बन्ने निश्चित भयो उनले भने, सम्भव अर्को बर्षदेखि निर्र्माणको काम अघि बढ्छ होला ।
कृषि विकास मन्त्रालय, भेरी नगरपालिका र कृषि क्षेत्र विकास कार्यक्रमको संयुक्त साझेदारीका शित भण्डार बन्ने छ । डिजाइन स्टिमेट भएपछि मात्र कति खर्च लाग्छ भन्ने थाहा हुने बताएको छ ।


आफुहरुले उत्पादन गरेका बस्तुलाई शित भण्डारमा राखेर बजार भाउ राम्रो भएको बेला बेच्न सजिलो हुने किसान बताउँछन् ।
यस्तै जाजरकोटको खलंगामा साप्ताहिक हाटबजार संचालनको लागि हाट बजारको संरचना निर्माणको काम सुरु भएको छ । भेरी नगरपालिका र कृषि क्षेत्र विकास कार्यक्रमको साझेदारीमा भेरी नगरपालिका ३ मा हाट बजार निर्माण हुन लागेको हो ।
करिव ३५ लाख रुपैयाको लागतमा निर्माण हुने हाट बजारको संरचना यो आर्थिक बर्षभित्रै निर्माण गरिसक्ने कृषि क्षेत्र विकास कार्यक्रमका जाजरकोट प्रमुख सुरेशकुमार थापाले बताए ।
हाटबजार संचालन गर्न सरोकारवाला सवै पक्षसँग छलफल गरि सकिएकोले अव निर्माणको काम पनि छिट्टै सुरु हुने उनले बताए ।  साप्ताहिक रुपमा हाट बजार संचालन गर्दा किसान र उपभोक्ता दुवैलाई फाइदा पुग्ने थापाले दावी गरे ।
सदरमुकाम खलंगामा मिनी शितभण्डार र साप्ताहिक हाट बजार बन्ने भएपछि जाजरकोटका  किसानहरु निकै खुशी र उत्साहित भएका छन् ।
भनेको बेला बजार मुल्य नपाउँदा आफुले उत्पादन गरेका कृषि जन्यबस्तुहरु सधै खेर जाने गरेको गुनासो गदै उनीहरुले अव त्यस्तो समस्याको अन्त्य हुने विश्वास व्यक्त गरेका छन् ।

प्रकाशित मितिः २५ पुष २०७६, शुक्रबार ०५:५६

Leave a Reply

Your email address will not be published. Required fields are marked *