युवाको नर्सरी मोह

बद्री पन्त
जाजरकोट ७, माघ
जाजरकोट जिल्लामा पछिल्लो समय स्थानीयले युवाहरुले नर्सरी सञ्चाल गरी व्यवसाय तर्फ आक्रसित भएका छन । नर्सरीबाट हुने आम्दानीले रोजगारीका लागि विदेश जानेलाई गतिलै पाठ सिकाएको छ । युवाले गाउँगाउँमा अहिले किबी, अलैंची, सुन्तला, कागती लगायत विरुवाको व्यावसायिक खेतीकोे मोह बढ्दै गएको छ । जिल्लाको कुशे, बारेकोट, नलगाड, छेडागाड, शिवालय, भेरीलगायत स्थानीय तहका विभिन्न स्थानमा युवाले नर्सरीको व्यवसायिक खेती गरेर मनग्य आम्दानी लिन सफल भएका छन् । टिमुर, कागती, सुन्तला, ओखर, अलैंची लगायत बिरुवाको नर्सरी स्थापना गरी आम्दानी गरिरहेका छन । गाउँगाउँमा अहिले किबी, अलैंची, सुन्तला, कागतीलगायत फलफूलको व्यावसायिक खेती बढेको छ । जिल्लामा आवश्यक पर्ने विरुवा नर्सरीबाटै लिने गरिएको छ भने यो व्यवसाय पनि फस्टाएको छ । अहिले जिल्लाका अधिकांश स्थानमा साना ठुला नर्सरी स्थापना गरिएका छन । नर्सरीबाट प्रतिपरिवार वार्षिक १ लाख देखि २० लाख रुपैयाँसम्म आम्दानी हुने गरेको कुशे ५ दम्दालाका नर्सरी सन्चालक .लोकेन्द्र थापाले बताए ।

पहिले जिल्ला बाहिरबाट फलफुलका विरुवा ल्याएर लगाउने गरिएको थियो । अहिले जिल्लामा नै नर्सरी सन्चालन भएपछि जिल्ला विरुवा उत्पादनमा आत्मा निर्भर बन्दै गएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना प्रमुख टंकप्रसाद रिजालले बताए ।

संघिय तथा प्रदेश सरकार, स्थानीय तहले पनि नर्सरी व्यवस्थापनमा आर्थिक तथा प्राविधीक सहयोग उपलब्ध गर्दै आएका छन् । विगत वर्षमा भारतका विभिन्न स्थानमा मजदुरीका लागि जाने युवाहरु अहिले भने गाउँमै रोजगारी सिर्जना गर्दै आएका । एक सय बढी युवा यस व्यवसायमा लागेर राम्रो आम्दानी गरिरहेको छन । जिल्ला भर नर्सरीबाट बार्षिक लाखौं रुपैया आम्दानी हुने गरेको छ ।

प्रकाशित मितिः ७ माघ २०७६, मंगलवार १९:११

Leave a Reply

Your email address will not be published. Required fields are marked *