बारेकोट गाउँपालिका पशु पन्छी विकास शाखाबाट कृषकलाई प्रदान गरिने सेवाहरु के के छन त ?

पशु बस्तुमा लाग्ने विभिन्न रोगको औषधी वितरण तथा उपचार गरिन्छ । ल्याव सेवा सन्चालन गरिएको छ । पशु बस्तुको गोवर परिक्षण, पिसाव परिक्षण, छाला परिक्षण गरिन्छ । नियमित खोप सेवा कार्यक्रम सन्चालनमा छ । रेविज खोप, भेडा बाख्राहरुलाई पि.पि आर खोप, गाई भैसीमा चरचरे, भ्यागुते, खोरेतको खोप सेवा प्रदान गरिन्छ । कृषकलाई क्षमता अभिबृदी तालिम दिइन्छ ।

भेडाबाख्रा, गाई, भैसी, कुखुरा, बंगुर, घोडा, घाँस खेती, एक घर एक गोठ, माछा पालन, पशु विमा तथा जोनोटिक रोग सम्बन्धि तालिम दिइन्छ । नस्ल सुधार कार्यक्रम गरिन्छ । उन्नत वोका, राँगो, थुमा, गधा, साँढे समुह तथा व्यवसायी फर्मलाई वितरण गरिन्छ । पशु आहारा तथा पशु पोषण कार्यक्रम गरिन्छ । घाँसको विउ तथा डाले घाँसको विरुवा वितरण गरिन्छ । पशु स्वास्थ्य शिबीर सन्चालन गरिन्छ । वजार व्यवस्थापन कार्यक्रम, सुधारिएको मासु पसल र सुधारिएको दुध डेरी पसल कार्यक्रम, बाह्य परजिवी सम्बन्धि भेडाबाख्रामा डिपिङ कार्यक्रम, समुह, फर्म दर्ता प्रमाणपत्र वितरण कार्यक्रम र पशुहरुमा देखिने महामारी रोग नियन्त्रण लगाएतका कार्यक्रम यस शाखाबाट किसानलाई उपलब्ध गरिन्छ ।
पशु पन्छी विकास शाखा बारेकोट गाउँपालिका २, लिम्सा जाजरकोट ।

प्रकाशित मितिः २६ माघ २०७६, आईतवार २०:४९

Leave a Reply

Your email address will not be published. Required fields are marked *