जुम्ला, ७ असोज ।
जुम्लाबाट मुगु जादै गरेको ट्याक्टर जुुम्लाको गोठी ज्यूलामा दुर्घटना हुदा २ जनाको ज्यान गएको छ ।
शुक्रबार दिउसो ३ बजेतिर को १ च ३०९९ नम्वरको टयाक्टर दुर्घटना हुदा जुम्लाको पाण्डगुफा ९ का दानसिह भण्डारी र ८ का तिलक काफलेको ज्यान गएको क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।
दुर्घटनामा परी ६ जना घाइते भएको उनीहरुको अहिले जुम्ला अस्पतालमा उपचार भैइरहेको पनि प्रहरीले जनाएको छ ।