नेविसंघको केन्द्रीय टोली कर्णाली प्रदेश अभियानमा

सुर्खेत, कात्तिक १५ ।
नेपाल विद्यार्थी संघको केन्द्रीय टोली कर्णाली प्रदेश अभियानमा जुम्ला पुगेको छ । मंगलबार सुर्खेतबाट हिँडेको टोली दैलेख, कालिकोट हुँदै जुम्ला पुगेको हो ।


टोलीमा नेविसंघ केन्द्रीय उपाध्यक्ष पवन यादव, सहमहामन्त्री अम्बिका चलाउने र केन्द्रीय सदस्यहरु विवेक आचार्य, चन्द्र बिक, गीता गुरुङलगायत सहभागी छन् । टोलीमा नेविसंघका पूर्वनेता एवं कांग्रेस युवा नेता कृष्णप्रसाद जैशी पनि छन् ।
टोलीलाई बुधबार कालिकोटमा पार्टीले स्वागत गरेका थिए । पार्टी सहसचिव दमनराज बमले लोकतन्त्र मजबुत बनाउनको लागि तरुण–विद्यार्थी सक्रिय भएर लाग्नुपर्ने बताए । कर्णाली प्रदेश अभियानमा हिँडेको टोलीलाई नेविसंघ बलियो बनाउन उनले शुभकामना दिए ।


त्यस्तै, बिहीबार जुम्लामा कांग्रेस नेतृ एवं चन्दननाथ नगरपालिकाकी मेयर कान्तिका सेजुवालले टोलीलाई स्वागत गर्दै अभियानको सफलताको शुभकामना व्यक्त गरिन् । टोलीले नेविसंघलाई अझ मजबुत बनाउन विद्यार्थी र पार्टी नेतालाई भेटी सुझाव ग्रहण गरिहेको टोलीका सदस्य एवंं केन्द्रीय सदस्य विवेक आचार्यले बताए ।

प्रकाशित मितिः १५ कार्तिक २०७५, बिहीबार १८:०१

Leave a Reply

Your email address will not be published. Required fields are marked *