
म मेरो छिमेकीलाई औधी माया गर्थे
उ पनि म भनेसी हुरुक्कै हुन्थ्यो
छोरीको गोडा धुवाइमा होस्
या नारायणको पुजामा
म सङै कुम मिलाएर हिड्थ्यो
खै म बद्लिय या उस्को स्वभाव फेरियो
हरेक सालको मज्धारमा
हिजो आज केही बर्ष देखि हामी बिच
केही कुरा भएको छैन
कुरा सुनिन्छ केवल रामे श्यामे वा हरिका मुखहरुबाट
केही समय पहिले कमलरी पर्थाको
एउटा लामो युग काटेर
आस्ताइ सकेको सुर्य झै निरीह मेरो आडैमा आएको
छिमेकी
मेरै कुवामा नुहाउदै कति चाडै शितलाइ चमक दिने भएछ अचम्ममा छु
आज भोलि त उस्को ख्याउटे शरीर
खाइलाग्दो भएको छ
कति ठाउँमा मैलाई नै पेल्छु भन्दै हिड्छ रे
खास्सै दुश्मनी नै हैन
अझै पनि रोटि बेटि चलेकै छ्न्
तर पनि बर्खा
धान लगाउदा उस्ले एक हात आलि तासेको थियो
म चुप रहे
अर्को मसान्त मकै लगाउदा
हलोको सियोले आलि माथी नै छेड पार्यो
अह! केही बोलिन
आज केही लामो समय पछि उठे म
शरीर आफ्नै थियो
आड लाग्ने खामो हराएछ
यस विषयमा
कुरा गर्न हजारौं पटक
हामी भेटि रहेउ
उ मेरा परिवारलाई भेटी थमाइ
हिडिरह्यो
आज पनि उ मेरो कुरा सुनिरहन्छ
निरन्तर सुनी रहन्छ
कदम कदाचित बोली हाल्यो भन्य
उ मेरो बारिको इतिहास कोट्याउछ
मैले उसलाई भोक मेटाउ दिएका केही मुरि
धानको कुरा गर्छ
उस्को बारिमा सापटी लागेको खेतालाको कुरा गर्छ
अनि खिसिक्क हासी सत्यतामा झुठ बिकाउछ
त्यसैलै मलाई मेरो छिमेको औधी मन पर्छ।
( गौतम मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा अध्ययनरत छन् )