टुकमाया घर्ती
जाजरकोट
जाजरकोटको छेडागाड नगरपालिकाको मनघाटमा शेर सिमाना कार्यक्रम सम्पन्न भएको छ । नगरपालिकाको आर्थिक सहयोगमा सल्यान कला साहित्य परिषदले आयोजना गरेको कार्यक्रम जाजरकोटी साहित्य आवाजको समन्वयमा भएको हो ।
कार्यक्रममा ४ जिल्लाका २० जना गजलकारले गजलवाचन गरेका थिए ।
जाजरकोटका जनक चन्द ऋतु, गणेश अनुपम, दिपेन्द्र सिहं पुस्कर पराग चन्द, सुर्खेतबाट रमेश चन्द कुसुम, मौसम जी भन्डारी, साबित्री स्वप्निल, घनश्याम रानाऋतु, सिर्जना खत्रीले गजल वाचन गरेका थिए ।
यस्तै सल्यानका सुनिल राना बिरही, इन्द्रा बस्नेत, डिल्ली राज केसी, टोप बहादुर घर्ती अनुरागी,ओमप्रकाश देवकोटा,सर्जकहरु थिए।
रुकुम पुर्वबाट बिनोद खड्का,जमुना गौतम, शिशीर केसी,दिलिप बाबु खड्का, सिर्जना शर्मालगायत सर्जकहरुले देशको राजनीतिक अवस्था, माया प्रेम, घर परिवारका, नारी पिडा जस्ता विषयलाई गजलमार्फत अभिव्यक्त गरेका थिए ।
छेडागाड नगरपालिका नगर प्रमुख लालबहादुर महतराको प्रमुख आतिथ्यता भएको कार्यक्रममा उपप्रमुख सरीता वलीको सहभागीता थियो ।