सन्तान नजन्माएकी आमा

अस्मिता बादी

मेरो छिमेकमा आज भोज छ्।

मेरो साथीको जन्मोत्सव

त्यो हेर्दै गर्दा मेरी आमलाई याद आयो

म पनि उ जन्मेकै दिन जन्मेको।

अर्थात् आज मेरो पनि जन्मदिन ।

म खुशि छु किनकि आज म जन्मेको दिन

उ खुशि छ ,किनकि उस्को घरमा पार्टी छ्।

मान ,मर्यादा पाक्दै छ उस्को भाडाहरुमा

इज्जत सङ साटिदै छन केकहरु

खुशिहरु नापिदै छन उपहार र रुपियाँहरुमा

मान्छेहरुको आवतजावत  ,

यिनै दृश्यचित्र नियाल्दै छु मेरा आखाहरुले

तर मेरो घरमा यो सब सम्भव छैन

किनकि  मेरी आमाले सन्तान जन्मायकि होइनन

गिद्दहरुको लागि एउटा सिनो जन्मायकि हुन्।

ति काकि बाहुन हुन

त्यसैले इज्जत , मान सम्मान  सहित

जन्मसिध्द एक ब्रहामण जन्माइन

इतिहास रच्ने एक नेतृत्व  जन्माइन

उनले सन्तान स्वरुप एक पुजारी जन्माइन ,

पुजारी स्वरुप एक तागाधारी भगवान  जन्माइन

तर

विडम्बना मेरी आमाले एक मान्छे जन्माउन सकिनन ।

जन्माइन त केवल अपमानको पहाड,

भोक , प्यास अनि तृस्कार  मात्

उनको कोख रित्तो होइन उनले जन्मायकै हुन

उनले सेते दमाईंलाई  जन्माइन

अजित मिजारलाई  जन्माईन

नसङ्हारका छ जना पशु  जन्माइन

उनलाई लाग्यो होला त्यो दिन उनले सन्तान जन्माइन

तर होइन

मान्छेको आकारमा  मासुको थुप्रो

अर्थात्  एक दलित जन्मायकि  हुन ।

उनि माता हुन

मेरी अन्नदाता पनि

समाज कि  भाग्यविधाता

उनले घरमा राम लक्षण ,

दुर्गा र लक्ष्मी जन्माउछिन

तर अफसोच  मेरी आमाले

अस्मिता  जनमाउने  कोसिसमा मा पनि

एक  अस्मिता बिनाको  एक बेश्या जन्माइन

उनलाई लाग्यो होला

रगतको साटो रगत र मासुको साटो मासु

अर्थात समग्र एक सन्तान  एक मान्छे जन्माय भनेर

तर होइनन उनले त्यो दिन सन्तान जन्माय कि

उनले त नशामा पानी बग्ने एक अक्षुत जन्मायकि हुन्।

प्रकाशित मितिः ९ भाद्र २०७८, बुधबार ११:५२

Leave a Reply

Your email address will not be published. Required fields are marked *