कावुलमा मारिएका नेपालीको कथा व्यथा समेटिएको गीत वजारमा

Readसुर्खेत २२, असार
यही असार ६ गते अफगानिस्तानको राजधानी काबुलमा भएको आत्मघाती बम हमलामा परी ज्यान गुमाएका १२ जना नेपालीको कथा व्यथा अनि पिडालाई समेटिएको गीत ‘सुन्नुस हजुर काबुलमा नेपालीको व्यथा’’ भन्ने बजारमा आएको छ

गीतलाई साउदी अरबमा रहनु भएका सुर्खेती सर्जकहरु बीरबहादुर खत्री र जीवनकुमार आचार्यले बजारमा ल्याउनु भएको हो ।
गीतमा लोक गायक शेरबहादुर आचार्य ‘गाईने’ र गायिका कृष्णा परियारको स्वर रहेको छ ।
लय संकलन शेरबहादुर आचार्य ‘गाईने’को नै रहेको छ भने शब्द संकलन बीरबहादुर खत्री र जिवनकुमार आचार्यको रहेको छ ।
गीतमा घटनाको दर्दनाक पीडा पोखिएको छ र नेपालीलाई पैसाको लागि विदेशमा ज्यान फाल्न नजानको लागि पनि सन्देश दिइएको छ । गितलाई सम्मान म्यूजिक प्रालीले बजार व्यवस्थापन गरेको छ ।

वुधवार काठमाण्डौमा एक कार्यक्रमका वीच गीतको बिमोचन गरिएको छ । बिमोचन कार्यक्रममा मृतकका आफन्तजन र परिवारजनको उपस्थिति रहेको छ ।
गीताको बरिष्ठ लोक गायक नारायण रायमाझी, लोक गायिका बिमा कुमारी दुरा, कृष्णा परीयार, संगितकार बिबि अनूरागीले विमोचन गरेका हुन ।

प्रकाशित मितिः २२ असार २०७३, बुधबार १२:३३

Leave a Reply

Your email address will not be published. Required fields are marked *