कलाकार तिलक गन्धर्वद्घारा सहयोगको याचना

unnamedसुर्खेत, ८ साउन ।
लामो समयदेखि कलाको संरक्षणमा लागेका कलाकार तिलक गन्धर्वको श्रीमतीको उपचारमा समस्या आएको छ ।
उहाँकी श्रीमती लामो समयदेखि क्यान्सरबाट पीडित हुनुहुन्छ ।
कला क्षेत्रमा समय दिएका तिलक गन्धर्वले नाम कमाउन सकेपनि दाम कमाउन नसकेका कारण अहिले आफ्नो श्रीमतिको उपचारका लागि सहयोगको याचना गर्नु भएको छ ।
केही संघसंस्थाको सहयोगमा उहाँले श्रीमतीको क्यान्सर अस्पताल चितवनमा उपचार गराइरहेका छन् ।
उपचारमा खर्च धेरै लाग्ने भएकाले सहयोग जुटाउन अहिले विभिन्न संघसंस्थामा जाने गरेको वताउनु भयो ।
आफ्नो क्षमताले भेटाएसम्मको उपचार खर्च गरेरपनि निको नभएका कारण सहयोग जुटाउन लागेको उहाँले उल्लेख गर्नुभयो ।
यसैक्रममा शनिवार सुर्खेतमा भएको सुर्खेत डान्स सुर्खेत सिजन २ मा उहाँले सहयोगका लागि अपिल गर्नु भएको छ ।
उहाँलाई सहयोग गर्न देउती नागरिक यातायात प्रालिका अध्यक्ष कमल खड्का ‘जुनी’ले ५ हजार रकमको चेक हस्तान्तरण गर्नु भएको छ ।
अध्यक्ष खड्काले आफूले दिएको सानो रकम भएपनि सवैले सहयोग गरे उपचारमा सहयोग हुने बताउनु भयो ।
खडकाले सवैलाई कलाकार गन्धर्वकी श्रीमतीलाई उपचारमा सहयोग गर्न समेत आग्रह गर्नु भएको छ ।
यसैगरी श्रीनाथ फिल्म प्रोडक्सन हाउसका अध्यक्ष मुकुन्दनाथ योगीलगायतले आर्थिक सहयोग गर्नु भएको छ ।

प्रकाशित मितिः ८ श्रावण २०७३, शनिबार ११:४५

Leave a Reply

Your email address will not be published. Required fields are marked *