चर्चिक गायक बसन्तराज गौतम अव मोडलिङमा

सुर्खेत, २२ साउन ।
चर्चित गायक तथा गीतकार वसन्तराज गौतमले दुई वटा म्यूजिक भिडियोमा मोडलिङ गर्नु हुने भएको छ ।
मध्यपश्चिमको विकट पहाडी जिल्ला जाजरकोटवाट रोजगारीको सिलसिलामा अहिले मलेसियामा रहनु भएका गौतमले यो जुनि पाउँदिन होला र फुलेपछि झर्नैपर्छ जन्मेपछि मर्नैपर्छ भन्ने गीतमा मोडलिङ गर्नु हुने भएको हो ।
गायक प्रमोद खरेल, नरेन्द्र प्यासी र शान्तिकला राईको स्वरमा रहेका यी गीतको म्यूजिक भिडियोमा उहाँले मोडलिङ गर्नु हुनेछ ।
bashantमध्यपश्चिम खण्ड, सुर्खेती नानी, सहिदको सम्झना, यमराजसँग नाता लगायत दर्जनौ गीत रचना गर्नूको साथै स्वर समेत दिनु भएका गौतम गायन क्षेत्रवाट अव मोडलिङमा तिल कसिनु भएको छ ।
भेरीगंगा म्युजिक प्रालीका प्रबन्ध निर्देशक गौतम मोडलिङ क्षेत्रमा पनि उत्तिकै जम्ने अपेक्षा र्दशकहरुले गरेका छन ।
गौतम प्रबन्ध निर्देशक रहेको भेरी गंगा म्यूजिक प्रालीले नेपाली कला संस्कृति संरक्षणमा काम गदै आएको छ ।
गौतमले मोडलिङ गर्न लाग्नु भएको गीतहरुको निर्देशन साहारा फिल्म प्रालीका निर्देशक शिवम पोख्रेलले गर्ने बताइएको छ ।

प्रकाशित मितिः २२ श्रावण २०७३, शनिबार ०३:५१

Leave a Reply

Your email address will not be published. Required fields are marked *