सेनाका लेस नायक नशिव अधिकारी एकाएक मोडलिङमा चम्किए

2_nसुर्खेत, २२ साउन ।
डान्स र एक्टिङ्ग दुवै कक्षा नलिएरै भारतीय सेनामा कार्यरत नशिव अधिकारी एकाएक अभियनको क्षेत्रमा उदाउनु भएको छ ।
वर्षदिनमै नव मोडल अधिकारीले ३ वटा म्युजिक भिडियोमा मोडलिङ गर्न सफल हुनु भएको छ ।
उहाँले पहिलो पटक दावा के शेर्पाको नाच्न मन लाग्छ, दास्रो पटक सुनिल गिरीको लेकाली माया र तेस्रो पटक करुप व्याण्डको गुम्सिएका गीतमा मोडलिङ गर्नु भएको छ ।
डान्स र एक्टिङ्ग कक्षा विना नै तीन वटौ म्यजिक भिडियोमा अभियन गर्नु भएको छ ।
उहाँले अभियन गरेका तीन वटै म्यजिक भिडियो अहिले चर्चाको शिखरमा छन ।
हिरो वन्ने सानै देखिको सपना भएपनि फिल्मको हिरो वन्न नसकेपनि अव मोडलिङमै जम्ने योजना उहाँले वनाउनु भएको छ ।
डान्स र एक्टिङ्ग कक्षा विना नै आफनो रिस्कमा म्युजिक भिडियोमा अभियन गरेको भन्दै उहाँले नयाँ भिडियोमा पूर्ण तयारीको साथ आउने उल्लेख गर्नू भएको छ ।
उहँको अभियन गरेको नयाँ भिडियो केही महिनाभित्रै बजारमा आउने वताएको छ ।
सुर्खेतको भेरीगंगा नगरपालिका ११ अर्थात छिन्चुको मसिनामा घर भएका अधिकारी ६ वर्षअघि १९ वर्षको उमेरमा भारतीय सेनामा भर्ती हुनु भएको थियो ।
1nभारतीय सेनाको लेस नायक अधिकारी अहिले भारतको जम्बस्थित टु नाइन जीआर पल्टनमा कार्यरत हुनुहुन्छ ।
भारतीय सेनाले गर्ने विभिन्न साँस्कृतिक कार्यक्रममा उहाँले राम्रै भाउ पाउदै आउनु भएको छ ।
अहिले फुर्सदको समय निकालेर मोडलिङ गरेपनि जागिरवाट रिटार्यर भएपछि पुरै समय यसमै लगाउने सोच उहाँले वनाउनु भएको छ ।
12019890_863122840469388_1718394946303888488_nमोडलिङ सानै देखिको रुची भएपनि विभिन्न कारणले व्यवसायी रुपमा अघि आउन नसकेको उल्लेख गदै उहाँले आफुलाई यस क्षेत्रमा सहयोग गर्न सवैलाई आग्रह गर्नू भएको छ ।
इच्छाशक्ति भए जस्तो सुकै योजना पनि पुरा गर्न सकिने दावी गदै नव मोडल अधिकारीले निरन्तरता र संर्घषले मात्रै मान्छे सफल हुने उल्लेख गर्नुभयो ।

प्रकाशित मितिः २२ श्रावण २०७३, शनिबार ११:२५

Leave a Reply

Your email address will not be published. Required fields are marked *