अमर कार्की
सालकोट, ९ भदौ ।
प्रजनन स्वास्थ्य महिलाको प्रमुख अधिकार भन्ने मुल नाराका साथ पश्चिम सुर्खेतको सालकोटमा तीज विषेश प्रतियोगिता सम्पन्न भएको छ ।
स्याक, किर्डाक, आशा संजाल, एकता फाउन्डेसन, आवाज, सिबिन लगायतको सहयोगमा महिला शसक्तिकरण संजाल सालकोटले कार्यक्रम आयोजना गरेको हो ।
९ वटा समुहको सहभागीता रहेको प्रतियोगितामा हिमाल आमा समुह प्रथम, नमुना आमा समूह द्धितीय, मिलनसार किशोरी संवाद केन्द्र तृतीय र सक्रिय नागरिक सचेतना चौथो पुरस्कार हात पारेका छन ।
गाबिस सचिव तिलकराम अधिकारीको प्रमुख अतिथित्यता र महिला शसक्तिकरण संजालका टीका रानाको अध्यक्ष्यतामा भएको कार्यक्रममा रजनीतिक दल, संघसंस्थाका प्रमुख तथा प्रतितिनिधीको सहभागीता थियो ।